+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 12-2022-03IQKK
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार भुक्तानी सँग सम्बन्धित्
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका, वडा नम्बर ३, जाजरकोट, स्यालामा गठित समानता टोल विकास संस्थाको निर्णय तथा भेरी नगरपालिका बाट सर्भे गरी प्रस्तावित लागत इस्टीमेट बमोजिम विजय प्रा.वि. स्याला देखी होलुज्युला सम्मको ८०० मिटर कृषि सडक निर्माण कार्य सम्पन्न भएकोले तहाँ नगरपालिकाबाट उक्त कार्यको लागत अनुमान रू.३ लाख ५० हजार गरिएको हो । बास्तविक लागत भने रू.५ लाख लागेको हो । तथापी नगरपालिकाको निर्णयलाई स्वीकार गर्यौ । बारम्बार ताकेता गर्दा पनि सो रकम हालसम्म भुक्तानी प्राप्त भएको छैन ।
कार्यहरू
कुनै पनी योजनाको लागि सभाले बजेट स्वीकृत गरेपछी कार्यालयले कार्यान्यनको काम गर्ने हो । बजेट विनियोजन नहुदै सम्झौता विना भएको कामको भूक्तानी दिने दायित्व कार्यालयको हुदैना त्यसैले यस्ता कार्य गर्दा सम्झौता गरि कार्यलय बाट कार्य आदेश लिएर मात्र आयोजना सम्पन्न गर्नुहोला । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल