+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2023-1G5I09
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा अटोरिक्साले मनपरि तरिकाले भाडा असुल्दै आएका छन । विगतमा नगरबस सञ्चालन हुदां नगरपालिकाले तोकिएको भन्दा अत्यधिक बढि दोब्बरमा भाडादर असुल गरेका छन। अहिले पनि धुलियाबिट देखि प्रदेश अस्पतालसम्म ३०० भाडा लग्ने गरेको र त्यसमा पनि मनपरि छ। ( अटो अनुसार) साबिकमा नगरबस सञ्चालनमा हुदां सोही रुटमा २० रुपैंया भाडा लाग्ने गर्दथ्यो अहिले नगरबस बन्दको अवस्थामा छ। अहिले मंगलगढिदेखि यरिचोकसम्म २० रुपैयाँ लग्ने गरेको पाइन्छ , प्रदेश अस्पतालसम्म सोही स्थानबाट दिनको समयमा ५० र रातको समयमा १००/१५० सम्म त्यो पनि अटोपिच्छे फरक फरक तरिकाले लग्ने गरेको स्वयम् मेरो भोगाइ समेत हो। त्यसमा विद्यार्थी , अशक्त अपांगता भएका व्यक्तिहरुलाइ ४५% सम्म छुट दिनुपर्ने अवस्थामा छुट त परै जाओस् मनपरि तरिकाले भाडा असुलेका छन । यदि मापदण्ड तोकिएको छ भने पनि कार्यान्वयन भएको छैन। यस्तो अवस्थामा यस कार्यलयले नगरपालिका ,यातायात कार्यालय तथा व्यवसायीसंग मिलेर स्पष्ट रुट सहित न्यायोचित भाडादर निर्धारण र आवश्यकताअनुसारका व्यक्तिहरुलाइ छुटको व्यवस्था समेत मिलाइ सहमतिका आधारमा पुन: नगरबस सञ्चालन गर्ने वातावरण मिलाउन अनुरोध गर्दछु।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल