+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 11-2022-078GY8
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण विरेन्द्रनगर 10 बसपार्क देखि दक्षिण-पूर्व क्षेत्रमा फोहोरमैला उठाउन पालिका उदासिन देखिएको! फोहोरमैला अत्याधिक थुप्रीन गैइ प्रदुषण बढ्न गएको! साथै साँझ साँझ सधै प्लास्टिकजन्य फोहोरहरु पोल्ने/जलाउने गरेकोले अत्याधिक वायु प्रदुषण हुने गरेको र बृद्ध बृद्धा, बिरामी तथा बालवालिकाहरुलाई स्वासप्रस्वास मा समस्या आउने गरेको। यसरी दैनिक वायु प्रदुषण हुनाले क्यान्सरको खतरा समेत हुनसक्ने भएकोले यसतर्फ पालिका/वडा को गम्भीर ध्यानाकर्षण हुन जरूरी छ। स्वच्छ वातावरणमा बाच्न पाउने हक (जुन संबिधानले समेत ग्यारेन्टी गरेको छ) को समेत हनन् भएको छ। पालिकालाई अनुरोध: 1) फोहोरमैला उठाउनमा नियमितता हुनुपर्यो 2) प्लास्टिकजन्य फोहोर जलाउने/ पोल्ने ब्यक्तिलाई हदैसम्मको कारवाही गर्नुपर्यो 3) प्लास्टिकजन्य फोहोर पोल्नु/जलाउनु हुदैन भनी व्यापक जनचेतना फैलाउनु पर्यो।
कार्यहरू
फोहर उठाउने विषयको समाधान भै सकेको छ । यस क्षेत्रको फोहर नीजि सेवा प्रदायकले सशुल्क उठाउने भएकाले नियमित शुल्क वुझाउने र फोहर नउठाएमा तत्काल वडा कार्यालय वा नगरपालिकामा सम्पर्क गर्नु होला । प्लाष्टीक न्यूनिकरण तथा नजलाउने जनचेतनामूलक अभियान यस वर्ष समेत नगरपालिकावाट गर्ने कार्यक्रम रहेकाले टोल विकास संस्थाहरुले नगरपालिका संग समन्वय गर्न अनुरोध छ । भन्ने जवाफ प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
फोहर उठाउने विषयको समाधान भै सकेको छ । यस क्षेत्रको फोहर नीजि सेवा प्रदायकले सशुल्क उठाउने भएकाले नियमित शुल्क वुझाउने र फोहर न उठाएमा तत्काल वडा कार्यालय वा नगरपालिकामा सम्पर्क गर्नु होला । प्लाष्टीक न्यूनिकरण तथा नजलाउने जनचेतनामूलक अभियान यस वर्ष समेत नगरपालिकावाट गर्ने कार्यक्रम रहेकाले टोल विकास संस्थाहरुले नगरपालिका संग समन्वय गर्न अनुरोध छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल