+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2024-722K42
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण लगानीको सुनिश्चितता भए पनि बेतन कर्णाली जलविद्युत आयोजनाको काम दुई वर्षदेखि ठप्प छ । जलविद्युत कम्पनीले विद्युत विकास विभागबाट उत्पादन अनुमतिपत्र प्राप्त गर्न सकेको छैन। आयोजना निर्माण सुरु गरेको पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर सम्भाव्यता अध्ययन पूरा भएको ५ वर्ष बित्न लाग्दासमेत निर्माणको सुरसार भएको छैन । विद्युत विकास विभागले कर्णाली नदीको माथिल्लो जलाधार क्षेत्रमा रहेको माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई लाइसेन्स दिँदा प्रभावित क्षेत्र बढी जमिन ओगटेर दिएको थियो । जसले गर्दा बेतन कर्णालीको ड्याम क्षेत्रसमेत माथिल्लो कर्णालीको प्रभावित क्षेत्रमा पर्छ । उत्पादन लाइसेन्स नहुँदा बेतन कर्णालीले कुनै गतिविधि गर्न सकेको छैन । यसअघि बेतन कर्णालीले निर्माण पूर्वका अधिकांश तयारीहरु पूरा गरेको छ । जग्गा अधिग्रहण, सडक पहुँच, वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी सार्वजनिक सुनुवाइ, इआईए स्वीकृत जस्ता काम सम्पन्न भइसक्दा समेत विद्युत विकास विभागले लाइसेन्स दिन ढिलाइ गरेको हो ।
कार्यहरू
तँपाइकाे गुनासाे जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल