+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2024-620KW9
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सुर्खेतको चाैकुने गाउँपालिका वडा नम्बर ५ रानागैरा स्थित लालीगुराँस प्राथमिक विद्यालयका विद्यार्थीहरू खानेपानी र शाैचालयकाे अभाव झेलिरहेका छन्। ३७ जना विद्यार्थी रहेकाे यस विद्यालयमा न त खानेपानी छ नत व्यवस्थित शाैचालय नै। भएको शाैचालय पनि जीर्ण अवस्थामा छ। खानेपानी समेत घरबाट लैजानुपर्ने बाध्यता छ यहाँका विद्यार्थीलाई। शाैचालय गर्न १५ मिनेट टाढा घरमा जानुपर्ने बाध्यता छ । स्कुलमा पानी छैन। खानेपानी घरबाट पानी लिएर जानुपर्छ। पानी नभएका कारण शाैचालय पनि प्रयाेगविहीन र जीर्ण छ,’ ‘स्कुल गएको बेला शाैचालय जान १५ मिनेट घरमा हिँडेर आउनपर्छ।’ शाैचालयकाे व्यवस्थित हुन नसक्नुकाे मुख्य कारण पानीको अभाव रहेको देखिन्छ । यसले विद्यार्थी र शिक्षकलाई समेत संक्रामक रोगको जोखिम बढाएको छ ‘मानिसलाई पिउने पानी पनि एक घण्टा टाढाबाट ल्याउनुपर्छ। खानेपानी र शाैचालय गर्न विद्यार्थी घरमा जानुपर्ने बाध्यता छ।’ पालिका र प्रदेश सरकारले बनाएकाे चार काेठे भवनले पनि पूर्णता नपाउँदा विद्यार्थीहरू पुराना र जीर्ण भवनमा पढ्न बाध्य छन्। विद्यालयमा खानेपानी र शौचालयको सुविधा नभएपछि बालबालिकाको पढाइमा समेत असर गरेको छ । रानागैरा मात्रै हाेइन, चाैकुने गाउँपालिका-५ का धारापानी, पुच्मा र रेक्चाका विद्यालयमा समेत खानेपानी र शाैचालयकाे अभाव छ।
कार्यहरू
तँपाइकाे गुनासाे चौकुने गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल