+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2023-X0YVIB
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार भुक्तानी सँग सम्बन्धित्
गुनासो/उजुरीको संक्षिप्त विवरण म हुम्लाको अदानचुली गाउँपालिकामा २०७७ साल मंसिर १ गतेदेखी सवारी चालक पदमा कार्यरत थिए । गत वर्ष २०७९ साल मंसिर महिनामा जागिर बाट निष्कासन गरिएको रहेछ । मलाई जागिर बाट निष्कासन गर्नुपुर्व जानकारी पनि गराइएन । म त्यहाँ कार्यरत हुँदाको बील भरपाई र तलब भुक्तानी बाँकि थियो । त्यस बेलाको निमित्त प्रशासकिय अधिकृत मेघनाथ शर्मा समक्ष कुरा राख्दा अध्यक्षज्यू काठमाण्डौं जानुभएको छ । उहाँ आए पछि हुन्छ भन्नुभो । पटक पटक फोन, कल गर्दा कुनै सुनुवाई भएन । जिल्ला प्रशासन कार्यालय हुम्लामा पारिश्रमिक भुक्तानी सम्बन्धमा पटक पटक निवेदन दिँदा पनि सुनुवाई भएन । अहिले अदानचुली गाउँपालिकामा नयाँ प्रशासकिय अधिकृत नियुक्त हुनुभएको छ । उहाँ समक्ष कुरा राख्दा यो कारोबार पुरानो रहेछ मैले भुक्तानी गर्न सक्दिन भन्ने कुरा आएको हुँदा मेरो पाउनु पर्ने पारिश्रमिक रकम भुक्तानी गराईदिनु हुन अनुरोध गर्दछु ।
कार्यहरू
तँपाइकाे गुनासाे अदानचुली गाउँपालिका , हुम्ला, जिल्ला प्रशासन कार्यालय, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल