+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2023-RY2VK7
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सोधपुछ सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण रूकुम(पश्चिम), आठबिसकोट नगरपालिका, वडा नम्बर १२ बस्ने म किशोर परियारको घर बाढीले बगाएको थियो । सो को क्षतिपूर्तिको दुई किस्ता प्राप्त भइसकेको छ । र अन्तिम किस्ता रकम दुई लाख रूपैँया प्राप्त गर्न बाँकी रहेकोले सो को जानकारी तथा भुक्तानी उपलब्ध गराईपाऊँ ।
कार्यहरू
गुनासोको जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
मनसुनजन्य विपद्‌ प्रभावित निजी आवास पुनर्निमाण तथा पुनर्थापना अनुदान कार्यविधी, २०७७ को दफा ५(३) तथा आगलागीजन्य विपद्‌ प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान वितरण कार्यविधि, २०७८ को ५(३) मा प्रदेश सरकारले उक्त कार्यविधी बमोजिम दिनु व्यहोर्नु पर्ने अनुदान रकम ३०% तोकिएको तर सोही दफामा यसरी प्रदेश वा स्थानीय तहबाट लागत सहभागिता व्यहोर्न नसक्ने भए पनि क्षतिग्रस्त निजि आवास मर्मत वा अस्थायी आवास वा पुनर्निमाण गर्ने काममा बाधा पर्ने छैन भन्ने उल्लेख भएकाले यस मन्त्रालयको स्वीकृत बार्षिक कार्यक्रममा उक्त शिर्षकमा बजेट विनियोजन नभएकाले यस मन्त्रालयबाट रकम उपलव्ध नभएको व्यहोरा अनुरोध छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे आन्तरिक मामिला तथा कानून मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल