+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 10-2022-8L7GSZ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ सुर्खेतमा वि.सं २०४४ साल देखि बसोबास गर्दै आइरहरेको हाम्रो बादी बस्तिलाई ऐलानी जग्गाको लालपुर्जा पनि दिइएको छैन । अहिले सम्म पनि बिजुली बत्ति, बाटोघाटो, खानेपानी तथा स्कुलको सुविधा छैन । गाइवस्तुको लागि गौशालाको व्यवस्था समेत भइसकेको छ तर अहिले सम्म पनि बादी समुदायको लागि कुनैपनि व्यवस्था गरिएको छैन ।
कार्यहरू
सुकुम्बासिहरुको जग्गा व्यवस्थापनका लागि नगरपालिकामा रहेको भुमी आयोगले प्रकृया अगाडि बढाएको छ । हाल निवेदन संकलन गरि वडा नं १६ वाट जग्गा नापीको कार्य अगाडी बढेको छ । यस कार्यलाई छीटी समाधान गर्न चालू आ .व मा थप कर्मचारी राखी कार्य गर्न बजेट समेत ब्यवस्था भएको छ । विद्यालयको हकमा झुप्राका विद्यार्थीलाइ लक्षित गरेर धुलियाविट विद्यालय मार्फत स्कूल बस संचालन गरिएको छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सुकुम्वासीहरुको जग्गा ब्यवस्थापनका लागि नगरपालिकामा रहेको भुमी आयोगले प्रकृया अगाडि वढाएको छ हाल निवेदन संकलन गरि वडा नं १६ वाट जग्गा नापीको कार्य अगाडी वढेको छ । यस कार्यलाई छीटी समाधान गर्न चालू आ व मा थप कर्मचारी राखी कार्य गर्न वजेट समेत ब्यवस्था भएको छ । विद्यालयको हकमा झुप्राका विद्यार्थीलाइ लक्षित गरेर धुलियाविट विद्यालय मार्फत स्कूल वस संचालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल