+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-XMBK78
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोटको नलगाड नगरपालिका–७ स्थित निर्माणाधीन ४१७ मेगावाटको नलगाड जलाशययुक्त जलविद्युत आयोजना निर्माण स्थलमा रहेका घरको मुआब्जा टुंगो नलाग्दा आयोजना निर्माण हुनेमा अझै अन्योलमा परेको छ भने आयोजना आउँदा खुशी भएका स्थानीयलाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ भएको छ। ह्रास कट्टी नगरी मुआब्जा पाउनुपर्ने स्थानीयवासीको माग र अर्थ मन्त्रालयले त्यसमा सहमति नदिँदा मुआब्जाको विषय टुंगो लाग्न नसकेको हो। ऊर्जा मन्त्रालयले पटक पटक ह्रास कट्टी नगरी मुआब्जा दिन अर्थ मन्त्रालयसँग सहमति माग्दा अर्थले सहमति नदिएकाले घर, टहराको मुआब्जा दिन लामो समयदेखि रोखिएको छ। तत्कालीन ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले दुई पटक सहमति माग्दासमेत अर्थले सहमति नदिएकाले मुआब्जा रकम वितरण हुन सकेको थिएन।
कार्यहरू
तँपाइकाे गुनासाे जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल