+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-P2E4C3
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा सडकबत्ती र पर्याप्त मात्रामा सिसी क्यामरा नहुँदा सुरक्षा चुनौती बढेको छ । उज्यालो नहुँदा रातको समयमा हुने आपराधिक गतिविधिको अनुसन्धान गर्नेदेखि सुरक्षाको चुनौती बढेको हो । प्रहरीका अनुसार सडकबत्ती नहुँदा अनुसन्धान गर्न र खोजतलास गर्न समस्या हुने गरेको छ । केही समयअघि विद्युत् महसुल नतिरेको भन्दै विद्युत् प्राधिकरणले अधिकांश सडकबत्तीका लाइन काटिदिएको छ भने कतिपय ठाउँका बत्ती नै उठाइदिएको छ । राजधानीभित्र करिब एक हजारभन्दा बढी सडकबत्ती थिए । प्राधिकरणले लाइन काटेपछि अहिले अधिकांश सडकबत्ती बन्द छन् । सडकबत्ती प्रयोग गरेबापत नगरपालिकाले प्राधिकरणलाई करिब पाँच करोड बराबर रकम तिनुपर्ने छ । अहिले केही मुख्य चोकमा हाइमास्क लाइट छ भने केही ठाउँमा सोलारबत्ती छ । नगरपालिकाको तथ्याङ्क अनुसार २४ वटा हाइमास्क र करिब दुई सयका हाराहारीमा सोलारबत्ती छन् । सोलारबत्ती विशेष गरी भित्री बजार तथा गल्लीमा राखिएको छ । बर्खाको समयमा पानी पर्ने हुँदा सोलारबत्ती चार्ज हुन पाउँदैनन् । जसका कारण अधिकांश बत्ती बल्दैनन् । सडकबत्ती नहुँदा प्रदेश राजधानी भए पनि वीरेन्द्रनगर रातको समयमा अन्धकारमय हुन्छ । साथै सुरक्षाका हिसाबले समेत चुनौती बढेको देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल