+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-OQZFDB
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कृषि ज्ञान केन्द्र डोल्पाका तत्कालीन प्रमुख सम्पती बुढाले ठूलीभेरी नगरपालिका–८ मा ओबी हाइटेक नर्सरी निर्माणका लागि श्रीमती सोनकली बुढाको फार्मलाई उपयोग गरेर रकम हिनामिना गरेका छन् । उनले २०७५ सालमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट नर्सरी निर्माण र शीतभण्डारका लागि रु.३७ लाख ५० हजार अनुदान पाए । त्यसका लागि कार्यालय प्रमुख बुढाकी श्रीमती सोनकलीका नाममा दर्ता भएका ओबी फलफूल नर्सरी र शीतभण्डारलाई प्रयोग गरिएको थियो । नर्सरी र कोल्ड स्टोर दुवै अहिले सञ्चालनमा नरहेको ।’ जिल्ला कृषि विकास कार्यालय, डोल्पाका तत्कालीन निमित्त प्रमुख शरद लामाले पनि श्रीमतीको फार्म प्रयोग गरी हाइटेक नर्सरीको बजेट दुरुपयोग गरेका छन् । उनले श्रीमती दावाक्यामु लामाको पूर्णिमा हिउँदे फलफूल नर्सरीका नाममा रु.५ लाख अनुदान लिएको कार्यालयको विवरणमा भेटिन्छ । तर, उक्त नर्सरी अहिले सञ्चालनमा छैन । सरकारी अनुदान लिएका निमित्त कार्यालय प्रमुख लामा बिरुवा बिक्री हुन छाडेपछि नर्सरी पनि बन्द गरेको थियो । आव २०७५–०७६ मा डोल्पाको ठूलीभेरी नगरपालिका–३ मा रु.३७ लाख ५० हजार खर्च गरेर जीवन कृषि फलफूल तथा नर्सरीको पूर्वाधार बनाइएको भनिए पनि अहिले त्यहाँ कुनै संरचना देखिंदैन । डोल्पाका तत्कालीन प्रदेश सांसद नन्दसिंह बुढा २०७४ देखि २०७८ सम्म कर्णाली प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए । उनको कार्यकालमा डोल्पामा हाइटेक नर्सरी शीर्षकमा रु.२ करोड २४ लाख विनियोजन भएको थियो । तर, नर्सरी निर्माणको काम कतै शुरू नै भएन, कतै शुरू गरी अलपत्र छाडियो । डोल्पामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि चार वटा हाइटेक नर्सरी निर्माणका लागि रु. ३ करोड १४ लाख विनियोजन गरेको थियो । ती आयोजनामा पनि काम भएको छैन ।
कार्यहरू
तँपाइकाे गुनासाे भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल