+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-N30Z1Y
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण पश्चिम सुर्खेतको मदन भण्डारी राजमार्गले गति लिन सकेको छैन । राजमार्गको बराहताल गाउँपालिकाको बड्डीचौरदेखि खम्बागाडेसम्मको १३ किलोमिटर सडक कालोपत्रेका लागि दैलेखबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिक्पाल कुमार शाहीको कम्पनी अनक/जयदेव जेभी नेपालगन्जले ०७९ असार १४ गते जिम्मा लिएको थियो । ०८१ असार २४ गते सम्पन्न गर्ने गरी ४२ करोड ५८ लाख ६० हजार ५६३ रकममा कामको जिम्मा लिए पनि अहिलेसम्म भौतिक प्रगति जम्मा २० प्रतिशत मात्रै रहेको छ । उक्त कम्पनी अहिले सांसद शाहीका छोरा सन्देश शाहीले चलाउँछन् । प्रदेश सरकारले ०८२ असार १२ गतेसम्मका लागि म्याद थप गरेको छ भने कम्पनीले अहिलेसम्म ५ करोड ९२ लाख ८६ हजार ९०६ रुपैयाँ भुक्तानी लिइसकेको छ । यो सडक केन्द्रीय सडक भए पनि उक्त क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने तत्कालीन अर्थमन्त्री विन्दमान विष्टले प्रदेश सरकारबाट नै बजेटको व्यवस्था गरेका थिए । तर अहिले विभिन्न कानुनी समस्याहरू खडा भएका छन् । उक्त क्षेत्रमा पर्ने वन क्षेत्रका रुख कटानका लागि अनुमति पाइएको छैन भने खानेपानीको लाइन, बिजुलीका पोल हटाउने काम हुन सकेको छैन ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल