+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-MPH73Q
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेशमा विशषेज्ञ डाक्टरहरूको अभाव छ । दरबन्दीअनुसार विशेषज्ञता हाँसिल गरेका डाक्टरहरू नहुँदा गुणस्तरीय सेवा प्रवाहमा समस्या हुने गरेको कर्णालीका लागि नौलो होइन । दक्ष जनशक्ति अभावसँग लडिरहेको कर्णालीको स्वास्थ्य प्रणाली सुधार गर्नुपर्नेमा प्रदेश सरकारले गलत निर्णय लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याई स्वस्थ र सक्षम नागरिक तयार गर्ने जिम्मेवारी पाएको कर्णालीको सामाजिक विकास मन्त्रालयले डाक्टर सरुवामा विभेद गरेको छ । १३ भदौमा मन्त्रीस्तरको निर्णयबाट मन्त्रालय र यसका मातहत रहेका कार्यालयका कर्मचारीको सरुवामा विशेषज्ञ डाक्टरलाई अस्पतालमा नभई अन्यत्र पठाएर मनपरी गरेको पाइएको छ । मन्त्रालयले मेहेलकुना अस्पतालमा कार्यरत बरिष्ठ कन्सल्टेन्ट जनरल सर्जन डाक्टर सोजन सापकोटालाई मानव संशाधन विकास केन्द्रमा सरुवा गरेर भुमिकाविहीन बनाएको छ । सापकोटा स्वास्थ्य सेवाअन्तर्गत जनरल सर्जरी अधिकृतस्तर दशौँ तहका डाक्टर हुन् । कर्णाली प्रदेश अस्पतालमा दरबन्दी रहेका सापकोटा चार वर्षअघि मेहेलकुना अस्पतालको प्रमुख भएर गएका थिए । मन्त्रालयले सापकोटालाई मानव संशाधन केन्द्रमा नभएको दरबन्दीमा पठाएको छ । जबकी मानव संशाधन केन्द्रबाट विशेषज्ञ डाक्टरको आवश्यकता कुनै पनि क्षेत्रमा पर्दैन । मन्त्रालयले यतिसम्म गरेको छ कि संशाधन केन्द्रमा जनस्वास्थ्यतर्फ रिक्त रहेका दशौँ तहका दुई दरबन्दीमा कर्मचारी नपठाएर विशेषज्ञ डाक्टरलाई जबरजस्ती थन्काउन खोजेको छ । शिक्षक र स्वास्थ्यकर्मीसम्बन्धी तालिमको आवश्यकता पहिचानदेखि तालिमका मोड्युल डिजाइन तयारी, सिफारिस, कार्यान्वयन, अनुगमन, अनुसन्धान र प्रगतिको अभिलेखीकरणको जिम्मेवारी संशाधन केन्द्रलाई छ । जसका लागि जनस्वास्थ्यतर्फका दरबन्दीको व्यवस्था गरिएको हुन्छ । यस कार्यालयका लागि विशेषज्ञ डाक्टरले कार्यसम्पादन गर्ने गरी कुनै पनि दरबन्दी राखिएको हुँदैन । यसमा पनि मानव संशाधन केन्द्रमा स्वास्थ्यतर्फ हुने तालिम लगायतका गतिविधिहरू प्रदेश अस्पताल सुर्खेत, भेरी अस्पताल नेपालगन्ज, चौरजहारी अस्पताल रुकुमपश्चिम, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हुने गर्दछन् ।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल