+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-I56T6O
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सुर्खेतका दुई पालिका जोड्ने पक्की पुलको निर्माण गरिरहेका ठेकेदारले काम गरे अनुसारको भुक्तानी नपाएको भन्दै निर्माणको काम रोकेका छन् । भेरीगङ्गा नगरपालिका–११, रामघाट र लेकबेँसी नगरपालिका–४, दशरथपुर जोड्ने भेरी नदीमा निर्माणाधीन पक्की पुलमा काम गरेको रकम भुक्तानी नपाएपछि निर्माणको काम रोकिएको हो । निर्माणाधीन पुल समयमा सम्पन्न नहुँदा पूर्वी सुर्खेतका स्थानीयले बर्सौदेखि सास्ती भोग्नु परेको छ । लेकबेँेसी नगरपालिका र भेरीगङ्गा नगरपालिका जोड्ने दशरथपुर–रामघाट झोलुङ्गे पुल समेत जीर्ण बन्दै गएको छ । पक्की पुल नबन्दा कठिनपूर्ण यात्रा गर्न बाध्य बनेको देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे लेकबेशी नगरपालिका, सुर्खेत , भेरीगङ्गा नगरपालिका, छिन्चु, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल