+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-BK251T
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कालीकोटको खाँडाचक्र नगरपालिका–६ दाहामा हाइटेक नर्सरी निर्माणका लागि गठित उपभोक्ता समितिले निर्माण सामग्री आपूर्तिका लागि जुम्लाका छत्र शाही र कर्ण बुढासँग ११ जेठ २०७६ मा सम्झौता गर्यो । सामेल एग्रिकल्चर प्रालि, जुम्ला नामक बुढाको फर्ममार्फत समितिसँग जोडिएका शाहीले उपभोक्ता समितिबाट रु.१८ लाख पेश्की लिएर सामग्री आपूर्ति नगरी सम्पर्कविहीन भए । हाइटेक नर्सरीको स्थान छनोट गर्दा थ्री–फेज विद्युत् लाइन र सडक पुगेको ठाउँ हुनुपर्छ । तर, बिजुली र सडक नभएको स्थानमा झुटा विवरण पेश गरी रकमको दुरुपयोग हुँदा समेत डिभिजन वन कार्यालय रमिते बनेको देखिन्छन् । डिभिजन वन कार्यालयले पेश्की रकम फिर्ता गर्न उपभोक्ता समितिलाई पत्राचार गरेकोे छ । तर, पेश्की रकम लिएर फरार भनिएका व्यक्ति विरुद्ध कसैले कतै उजुरी गरेको छैन । कालीकोटकै रास्कोट नगरपालिका–७ मा बनाउन थालिएको अर्को हाइटेक नर्सरी पनि अलपत्र छ । ११ जेठ २०७६ मा रु.९० लाख लागतमा नर्सरी निर्माणको सम्झौता भई रु.१७ लाख पेश्की लिएको देखिन्छ । तर पाँच वर्ष पुग्दासम्म पनि उक्त स्थानमा केही काम भएको देखिंदैन । महालेखा परीक्षकको कार्यालयले ३० भदौ २०७६ को अन्तिम लेखापरीक्षण बमोजिम पेश्की रकम बेरुजुको रूपमा असुल गर्न कार्यालयलाई पत्राचार गरे पनि अहिलेसम्म उक्त रकम असुल भएको छैन ।
कार्यहरू
तँपाइकाे गुनासाे रास्कोट नगरपालिका, कालिकोट, खाँडाचक्र नगरपालिका, कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल