+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-B4HCZB
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेश सरकारले चार वर्षको अवधिमा उच्च प्रविधियुक्त (हाइटेक) नर्सरी कार्यक्रमका लागि रु.३२ करोड ८६ लाख विनियोजन गर्यो । तर, खर्च भने रु.१० करोड मात्र हुनसकेको छ । उदेकलाग्दो त, एकातिर वन र कृषि क्षेत्रको विकास साथै रोजगार सिर्जनाका लागि विनियोजित बजेट फ्रिज हुन पुगेको छ, अर्कोतिर खर्च भएको रकम पनि दुरुपयोग भएको छ । अधिकांश हाइटेक भनिएका नर्सरीहरूमा लगानी नै नगरी रकम हिनामिना भएको छ । केही नर्सरी बनाउने नाममा जमिन सम्याउने र तारबार बाहेक अरू काम गरिएको छैन । बनाइएका ती संरचना पनि बेकामे भइसकेका छन् । आर्थिक वर्ष २०७५–०७६ मा हाइटेक नर्सरी कार्यक्रम लागू गर्दा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी थिए । हाइटेक नर्सरी स्थापनाका लागि कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सबैभन्दा बढी बजेट दैलेखमा विनियोजन गरेको थियो । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा दैलेखको नारायण नगरपालिका–१०, ठाँटीकाँध गाउँपालिका–१ र भगवतीमाई गाउँपालिका–३ मा एक–एक वटा हाइटेक नर्सरी सञ्चालनका लागि कुल रु.४ करोड १२ लाख विनियोजन गरियो । तर, पाँच वर्ष बितिसक्दा पनि यी तीनवटै नर्सरी सञ्चालनमा आउन सकेनन् । भगवतीमाई गाउँपालिका–३ को सान्तडामा नर्सरीका लागि रु.२० लाख खर्च गरेर बनाइएको संरचनालाई अहिले केही स्थानीय बासिन्दाले आवास बनाएका छन् । बाँकी संरचना पनि काम नलाग्ने छ । सम्झौता रु.१ करोडको भए पनि उपभोक्ता समितिले रु.२० लाख पेश्की लिएर काम शुरु गरेको थियो । उपभोक्ता समितिले रु.२० लाख खर्च गरेर बनाएको संरचना पनि गतिलो छैन । उता ठाँटीकाँध गाउँपालिका–१ को जिउनी दुधेपानीमा हाइटेक नर्सरी निर्माणका लागि रु.४६ लाख पेश्की रकम लिएर उपभोक्ता समितिले फिल्डमा घेरबार गर्यो, करिब ५०० मिटर बाटो खन्यो र कर्मचारी बस्ने सानो दुईकोठे भवन बनायोे । अहिले भवनका झ्याल–ढोका उखेलिएका छन् । तारबार गरिएका सामग्री पनि छैनन् ।
कार्यहरू
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल