+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-AGQJYZ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोटको भेरी नगरपालिका—१ का बमबहादुर विकको ७ जनाको परिवारले झन्डै साढे ३ महिना त्रिपालमा बितायो भने ७ महिनादेखि अस्थायी टहरामा कष्टकर तरिकाले बस्नुपरेको छ । वैशाखदेखि असोजसम्म र मंसिरदेखि चैतसम्म मौसमी मजदुरीका लागि भारत जाने उनी भूकम्प गएदेखि बाहिर पनि जान सकेका छैनन् न त गाउँमा अरु रोजगारी नै पाएका छन् । पालिका र संघसंस्थाले दिएको खाद्यान्नले नपुग्ने अवस्था भएपछि कसरी जीविका चलाउने भन्ने चिन्तामा छन्। भूकम्प गएदेखि सातापिच्छे परिवारका सदस्य बिरामी भइरहने समस्याले आजित छन् भेरी नगरपालिका—४ का अमरबहादुर महर पनि । उनकी पत्नी बिर्मी र जेठी छोरी कमला अहिले पनि एक सातादेखि ज्वरोले थला परेका छन् । ८ जनाको परिवार अहिले पनि अटेसमटेस भएर बस्नुपर्दा निकै सास्ती भइरहेको छ ।
कार्यहरू
बसै भन्दा पहिले विरामि परेको कुरा छ । उहाँहरुलाई नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त उपचार गराउनुहुन अनुरोध गर्न चाहान्छु । कुरा रह्यो अस्थायी आवासको । अस्थायी आवास निर्माण भै सकेको अवस्था रहेछ अव चाडै दोस्रो किस्ताको रकम उपलब्ध गराइने छ । हाल तत्कालै पालिकामा रोजगारीको अवसर प्रदान गर्न सक्ने अवस्था नरहेको कुरा जानकारी गाराउदै वडा कार्यालय सँग समन्वय गराई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सुचिकृत भै १०० दिनको रोजगारी लिने कुराको सहजिकरण गर्नुहुन अनुरोध छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राविधिकरण, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल