+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-7OIC4E
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बर्खायामको बाढीपहिरोले बिग्रिएका जाजरकोटको ग्रामीण सडकमा यातायातका साधन चल्न नसक्दा यात्रुलाई आउजाउ गर्न समस्या भएको छ । चाडपर्व नजिकिँदै गर्दा नेपालगन्ज, काठमाडौँ, सुर्खेतलगायतका सहरमा पढ्न बसेका विद्यार्थी, श्रम रोजगारीका लागि भारत गएका सर्वसाधारण गाउँ फर्किन थाले पनि सडकमा यातायातका साधन चल्न नसक्दा गाउँघर पुग्न पैदल हिँड्नुपर्ने बाध्यता छ । आवतजावतमा सहजता ल्याउन खनिएका सडक मर्मत नगर्दा झन् जोखिम बढेको छ । कालीमाटीदेखि लहँ, भारगाउँलगायत विकट बस्ती पुग्न समस्या हुने गरेको छ । कार्यपालिकाको बैठक बसेको छैन, खाता सञ्चालनसमेत नहुँदा मर्मतको काम अघि बढ्न सकेको छैन । नलगाड नगरपालिका–५, कालीमाटीबाट बारेकोट गाउँपालिकासम्म पुग्ने सवारी साधन पनि चल्न सकेका छैनन् 
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, बारेकोट गाउँपालिका, जाजरकोट, नलगाड नगरपालिका , जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल