+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2024-349DYI
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णालीमा १३२ केभी प्रसारण लाइन विस्तारको काम अन्योलमा परेको छ । लाइन विस्तारको कामको जिम्मा लिएको भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्काको म्याद थपेको थप्यै छ भने ४ वर्षदेखि मुआब्जा विवाद कायमै छ । जसका कारण कर्णालीवासी ३५ वर्षसम्म ३३ केभीए क्षमताकै बिजुलीको भरमा छन् भने लो भोल्टेज र चर्को लोडसेडिङको मार भोग्न बाध्य छन् । बाॅकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरसम्मको लाइन विस्तार गर्ने गरी ०७७ असारमा ठेक्का लिएको भारतीय कम्पनीले सुरुमा २४ महिनाका लागि ७० करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । उसले अहिलेसम्म तीन पटक म्याद थपिसकेको छ । उसले दुईपल्ट ६/६ महिना र अहिले ८ महिनाका लागि म्याद थपेको हो । पछिल्लो पटकको म्यादअनुसार पुस १६ भित्र आयोजनाको काम सम्पन्न गर्नुपर्छ । तर बाँकेको बानियाभार र सुर्खेतको सुब्बाकुनामा मुआब्जा विवाद नमिल्दा आयोजना कहिले सकिन्छ भन्ने टुंगो छैन ।
कार्यहरू
तँपाइकाे गुनासाे नेपाल विद्युत प्राविधिकरण, काठमाडौंमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल