+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2023-C898AG
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, कालागाउँमा अवस्थित प्रदेश अस्पतालको प्रसुतीगृहमा ‌‌ओ.जे.टी.मा रहेका अनुभव विहीन सिस्टरहरूबाट प्रसुती गराइने गरिएको छ । लगभग सबैजसो सुत्केरीहरूको खराब अनुभव रहेको छ । नर्सहरूले बोलेर सिकाएको भरमा ‌‌ओ.जे.टी.का सिस्टरहरूले प्रसुती गराउँदा सुत्केरीहरूलाई प्रयोगशालाका रूपमा प्रयोग गरिने, असिष्ट लबजमा बोलिने, साथै अनुभवको कमीले उच्च रक्तस्राव हुने, अपरेसन गर्दा टाका छोडीने जस्ता कारणले सुत्केरीले भोग्नुपर्ने प्रसव पिडा भन्दा अझ धेरै पिडा खप्नु परेको सर्वविदितै छ ।२०८०/०२/२९ गते गरिएको अपरेसनमा सिकारूहरूको सिकाई तथा अभ्यासको क्रममा एकजना सुत्केरीको टाका छुट्न गएको र नीजको उपचारको क्रममा काठमाण्डौँ लैजादा लाखौँ रकम खर्च भई आमाको ज्यानमा समेत जोखिम भएको थियो । साथै २०८०/०६/०७ गतेका दिन बच्चा जन्मदिएर स्तनपान गराइसकेकी आमा उच्च रक्तस्रावका कारण ज्यान गुमाउन पुगेको छिन् । सन्तान पैदा गर्ने जस्तो सम्बेदनशील कार्यमा समेत यस्तो किसिमको हेलचेक्राइ कतिसम्म क्षेम्य हुने सो को जवाफ सहित सिघ्रातिसिघ्र उचित कारबाही गरी अन्य थुप्रै आमाका ज्यान जोगाइदिनुहुन सनम्र अनुरोध गर्दछु ।
कार्यहरू
गुनासोको जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल