+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-UDOS6D
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण रुकुमकोटमा निर्माणाधीन रुकुमकोट सभाहलले अझै पूर्णता पाउन सकेको छैन। निर्माण कम्पनीले तीन पटकसम्म म्याद थप गरे पनि काम सम्पन्न हुने देखिएको छैन। आर्थिक वर्ष २०७४/०७५ मा ३३ करोड ३६ लाख ८९ हजार ६ सय २५ रुपैयाँको लागत अनुमानमा रुकुमकोट सभाहलको टेन्डर आह्वान भयो। जसमा २३ करोड ७५ लाख २५ हजार ५ सय ४३ रुपैयाँमा बी कोई अकेला जेभी कम्पनीले उक्त सभाहल निर्माण गर्ने जिम्मा पायो। जिम्मा पाएको लामो समय बित्दा पनि कम्पनीले कामलाई प्राथमिकता दिएको छैन। कम्पनीले २०७८ मंसिर २३ गते पहिलो पटक, २०७९ असार ९ गते दोस्रो पटक र २०८० मंसिर १ गते तेस्रो पटक गरी तीन पटक म्याद थप्दा पनि अझै काम सम्पन्न हुने कुनै संकेत छैन। निर्माण कम्पनीले काम छिटै गर्ने आश्वासन दिँदै आए पनि काम कछुवाको गतिमा रहेको सरोकारवाला निकायको भनाइ छ। यो आर्थिक वर्ष २०८०/०८१ मा पनि उक्त सभाहलका लागि भनेर शहरी विकास मन्त्रालयबाट ५ करोड बजेट आएको छ। बजेट आइरहने तर काम नहुनाले बर्सेनि धेरै बजेट फ्रिज भइरहेको छ। यस पटक मात्रै रुकुम पूर्व बाट ३८ करोड बजेट फिर्ता भएको छ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल