+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-TUPN6V
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण रुकुमको मुसिकोट अस्पतालमा दरबन्दी र क्षमता १५ शय्याको हुँदा व्यवस्थापनमा निकै समस्या झेलिरहेको छ । २०४५ सालमा स्थापना भएको यस अस्पतालको क्षमता तथा जनशक्ति विकास हुन सकिरहेको छैन । छिमेकी जिल्ला सल्यान, जाजरकोट, रुकुमपूर्वको अस्पतालको क्षमता वृद्धि गरिएको छ तर रुकुमपश्चिमको जिल्ला अस्पताललाई बेवास्ता गरिएको देखिन्छ । हाल जिल्ला अस्पतालबाट बालरोग र महिला तथा स्त्रीरोग गरी दुई वडा विशेषज्ञ सेवा प्रवाह भइरहेका छन् । यसअघि हाडजोर्नी र नसासम्बन्धी विशेषज्ञ सेवा सञ्चालन भए पनि जनशक्ति अभावले सो सेवा रोकिएका छन् ।
कार्यहरू
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई आएका नयाँ मेडिकल अधिकृत मध्ये MDGP उत्तीर्ण चिकित्सकलाई पठाइएको जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई आएका नयाँ मेडिकल अधिकृत मध्ये MDGP उत्तीर्ण चिकित्सकलाई पठाइएको । स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, मुसिकोट नगरपालिका, रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल