+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-OV4CEX
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण भवन निर्माणमा ढिलाइ हुँदा कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र भाडाको घरबाट सञ्चालन भइरहेको हुँदा सहरी बिकाश मन्त्रालयको ध्यानाकर्षण गर्नु हुन अनुरोध छ । ठेकेदारको लापारबाहीले एक वर्षमा बन्नु पर्ने भवन तीन वर्षसम्म पनि नबन्दा आपूर्ति केन्द्र भाडाको घरबाट सञ्चालन गर्नुपर्ने बाध्यता छ । मासिक ४० हजार घर भाडा तिरेर भाडाको घरबाट आपूर्ति केन्द्र सञ्चालन भइरहेको छ। ‘भवन निर्माणको काम सुस्त गतिमा भइरहेको छ, भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधि नेपालगन्जमा स्ट्रोर गर्नुपर्ने बाध्यता छ,’ ‘भाडाको घर भएकाले आवश्यक उपकरण र औषधि भण्डारण गर्न समस्या हुने गरेको छ, निर्माण व्यवसायीले गर्दा भवन निर्माण कार्यमा ढिलाइ भएको हो ।’ यसअघि सझौता अनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । जगदम्बा शिवालय सुपरस्ट्रार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसारको अवधिमा काम नसकिएपछि पुनः म्याद थप गरिएको हो । तर, थप मितिमा पनि यो भवन बन्ने पक्का छैन । यस्तै, एक वर्षमा निर्माण सम्पन्न हुनुपर्ने प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको भवन तीन वर्ष बितिसक्दा पनि निर्माण भएको छैन । वीरेन्द्रनगरमै निर्माणधीन प्रयोगशालाको भवन निर्माणको लागि म्याद थप गरिएको छ । २०८० माघ १ देखि २०८१ पुष २९ सम्मका लागि म्याद थप गरिएको छ । २०७८ असार २८ देखि भवन निर्माणको काम थालिएको थियो । २०७९ पुष २८ सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा त्यसयता पटक–पटक म्याद भए पनि काम सम्पन्न हुन सकेको छैन । हालसम्म भवन निर्माणको ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल