तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2024-E971ZP |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | अन्य |
गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०७२ सालमा प्रधानमन्त्री बन्नासाथ दुई वर्षभित्र तुइन विस्थापन गरिसक्ने घोषणा गरेका थिए । जहाँजहाँ तुइन छन्, ती ठाउँमा झोलुंगे पुल मार्फत तुइन विस्थापन गर्न उनले पहल सुरु गरे । घोषणा गरेको ९ वर्ष बितिसक्दा पनि हुम्लाका जनप्रतिनिधिदेखि स्थानीयवासी जोखिम मोलेर गाउँपालिका केन्द्रसम्म तुइनबाटै आउजाउ गर्न बाध्य छन् । हुम्लाको सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की गाउँबाट पालिका केन्द्र तुइन चढेरै आउजाउ गर्न बाध्य छन् । उनीसँगै वडा नम्बर २ का वडाध्यक्ष सिद्ध कार्की पनि पालिकामा काम विशेषले जानुपरेमा तुइनकै भर पर्ने गरेका छन् । उपाध्यक्ष र वडाध्यक्ष मात्रै होइन, रिप गाउँका ३१९ घरधुरीका स्थानीयबासी तुइनबाटै कर्णाली नदी आउजाउ गर्न बाध्य रहेका छन् । झोलुंगे पुल नहुँदा तुइनबाट तार्ने समयमा घर निर्माणका लागि खरिद गरेर ल्याएको ६ बन्डल जस्तापाता नदीमा खसेर बगाएको छ । कर्णाली नदीमा झोलुंगे पुल नहुँदा गाउँपालिका केन्द्र आउजाउ गर्न निकै समस्या भएको देखिन्छ । पुल निर्माण नहुँदा रिप गाउँका मात्र नभई सर्केगाड गाउँपालिका २ उनापानीका ३६५ घरधुरीका स्थानीयले सास्ती खेप्दै आएका छन् । यसैगरी चंखेली गाउँपालिका केन्द्रमा पर्ने लोती कर्णालीमा पुल नहुँदा चंखेलीवासी तुइनबाट आउजाउ गर्न बाध्य छन् । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माण ढिलाइ भएको छ । बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग डीएफआईडीले मुगु र हुम्ला जोड्ने ६५ किलोमिटर लिंक रोड निर्माण गरेको वर्षांै दिन बितिसक्दासमेत बेलिब्रिज पुल निर्माण कार्यमा ढिलाइ हुँदा तुइनबाट मोटरसाइकल तारेर स्थानीय आउजाउ गर्न बाध्य देखिएका छन् । |
कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|