+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-DFW7OV
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत एस एम एस
गुनासोको प्रकार शान्ति सुरक्षामा असर गरेको सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेशमा प्रवेश गर्ने बित्तिकै चेकिङहरू बबई, हर्रे, छिन्चु, सुब्बाकुना, बाङ्गे सिमल लगायतका मानौँ बबई देखि जुम्लासम्म ६० देखि ६५ ठाउँमा ट्राफिकको छट्के चेकिङ हुने गरेको छ । यो बाटो २३२ कि.मी कर्णाली राजमार्ग र ४१ कि.मी रत्न राजमार्ग गरी जम्मा २७३ कि.मि यात्रा गर्नुपर्दा यात्रुहरूले कठिन सजाय भोक्नु पर्छ । झोला झ्याम्टा एकएक गरी खोल्नुपर्छ राम्रो मोबाइल घडी र घरायसी सामाग्रीमा कडा आँखा लगाइन्छ। यातायातका साधनहरूको आवश्यक कागजपत्र भन्दा यात्रुहरूको नगद र गहनाहरू बढी केरकार हुन्छ। राज्यको तीनवटै संरचनालाई मेरो प्रश्न, १)हामी कर्णाली बासीहरु नागरिक हो कि टेरोरिष्ट ? ओसामा विन लादेनका हामी मित हो? ट्वीनटावर भत्काउन लगाउने हामी कर्णाली बासी हो ? २) हामी कर्णाली बासीले हिरोसिमा नागासाकिमा खसालिएको लिटिल वेवी बम बोकेर हिँडेका हुन्छौं । ३) राज्यले हामीलाई (शिक्षा, स्वास्थ्य, खानेपानी, रोड ,बिजुली) जस्ता आधारभूत आवश्यकतालाई पूरा नगरेर किन सुरक्षा जाँच मात्र गरेको यसमा ध्यान जाओस् धन्यवाद ।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत नेपाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्णालीमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल