+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-DCBZQF
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली करिडोरअन्तर्गत पर्ने हुम्लाको खार्पु, च्वाखोला नदीमा पक्की पुल निर्माण गर्न चार वर्षअघि सम्झौता भएको थियो। २०७८ साउन १४ गते पक्की पुल निर्माणको सम्झौता भए पनि हालसम्म एउटा पिलर मात्र ठडिएको छ। ठेकेदार कम्पनीको चरम लापरबाहीले अहिलेसम्म पुल निर्माण कार्य अलपत्र भएपछि स्थानीयहरूले सास्ती खेप्न बाध्य भएका छन्। पक्की पुल समयमै निर्माण नहुँदा नेपालगञ्ज, सुर्खेतबाट ढुवानी हुँदै आएका विकास निर्माणदेखि दैनिक उपभोग्य वस्तु पुलभन्दा पारी झार्नु परेको छ। पुल नबन्दा नेपालगञ्ज, सुर्खेतदेखि सदरमुकाम सिमकोट पुग्ने मालबाहक ट्रक, ट्याक्टर, बोलेरो जीप बोकेर आउने च्वाखोलामा रोकिने गरेको छ। पक्की पुल निर्माण नभएपछि नदीभन्दा पारी झरेर झोलुंगे पुल तरेर गाडी चढ्नुपर्ने बाध्यता रहेको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल