+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-CS71FD
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण केही समय पहिला वसुर्खेत ीरेन्द्रनगर नगरपालिका क्षेत्रमा सडकमा छाडिने छाडा पशुचौपायाका कारण मानवीय र पशुधन दुर्घटनामा पर्दा हैरानी हुने गरेको छ । गाईले दुध दिन छाडेपछि र गोरुले जोत्न नसक्ने भएपछि स्थानीयले छाडा छोड्दा दुर्घटनाको जोखिमसँगै व्यवस्थापनमा निकै चुनौती नगरपालिकाले खेपिरहेको थियो तर वीरेन्द्रनगर नगरपालिका–११, भेरी नदीस्थित समौजीघाटमा गौशाला निर्माण गरेर छाडा पशुचौपाया राख्न थालेपछि नगर क्षेत्रमा केही हदसम्म दुर्घटनाको जोखिम टरेको छ भने गौशालालाई आयआर्जनमा जोड्ने प्रयासमा नगरपालिका लागेको छ । सडकमा छाडा पशुचौपायाका कारण सडक दुर्घटना र मानवीय क्षति हुँदा चुनौतीसँगै आलोचना खेपिरहेको नगरपालिकाले व्यवस्थापनका लागि गौशाला निर्माण गरेर सञ्चालनमा ल्याएको छ । समौजीघाटमा रहेको सुन्दर कर्णाली नामक गौशालामा हाल वीरेन्द्रनगर क्षेत्रमा छाडा छाडिरहेका करिब दुई सयभन्दा बढी अशक्त, घाइते पशुचौपाया राखिएको देखिन्छ ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल