+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-8Z5Y88
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण रारा तालको किनार क्षेत्रमा निर्माणाधीन रारा पदमार्ग साइकल लाइनको ठेकेदार पक्षले नियमविपरीत रारा क्षेत्रभित्र बालुवा उत्खनन गरेको छ। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय मुगुद्वारा सञ्चालित खानी थोदुङ क्याराभान जेभीले निर्माण जिम्मा लिएको रारा साइकल मार्गको ठेकेदार पक्षलाई रारा राष्ट्रिय निकुञ्ज कार्यालयलले ढुंगा, गिट्टी निकासीको अनुमति दिएको भए पनि नियमविपरीत ठेकेदार पक्षले ताल क्षेत्र आसपासमा बालुवा उत्खनन गर्न थालेको हो। हिमाली राष्ट्रिय निकुञ्जको ऐन, २०३६ अनुसार निकुञ्ज क्षेत्रमा काम गर्दै आएको यो निकुञ्जले निकुञ्ज क्षेत्रभित्र खनिज उत्खनन, काठको पुर्जीलगायतका कामहरू हरेक वर्ष जेठ १५ गतेदेखि कात्तिक १५ गतेसम्म अनुमतिमा रोक लगाउने गरेको छ। यो नियम सबैलाई लागू हुनुपर्ने भए पनि ठेकेदार पक्षलाई उत्खनन गर्न अनुमति दिनु भनेको कार्यालयकै कमजोरी भएको हो । रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुको साउन ४ गते जेभीलाई दिएको अनुमतिपत्रमा ४ सय घनमिटर ढुंगा १ सय ५० घनमिटर गिट्टीको राजस्व कार्यालयको बैंक खातामा जम्मा गरी उत्खनन गर्ने अनुमति दिएको भए पनि उक्त पत्रमा बालुवाको उत्खनन गर्ने अनुमति दिएको देखिँदैन। अनुमतिपत्रमा उल्लेखित गरिएअनुसार अनुमति दिएको समयमा मात्र चार सय घनमिटर ढुंगा, १ सय ५० घनमिटर गिट्टी संकलन तथा उत्खनन गर्नुपर्ने र यो समयमा जैविक विविधता वातावरणीय प्रभाव पर्ने गरी कुनै पनि कार्य गर्न नपाइने र दिएको अनुमतिमा रारा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमवली २०५२ अनुसार कार्य गर्न भनिएको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल