+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-62969F
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण मुगुको ताल्चा (रारा) विमानस्थलमा हवाई जहाजको उडान हुन थालेको २१ वर्ष भयो। विसं २०६० साल वैशाख ३ गते पहिलो पटक ताल्चाको रारा विमानस्थलमा परीक्षण उडान गरेर हवाई सेवा शुरु गरिएको थियो। नियमित उडान भए पनि जहाजसँग जोडिएको महत्वपूर्ण सुरक्षा तथा व्यवस्थापनको पाटो भने अझै भरपर्दो र दीगो हुन सकेको छैन। टर्मिनल भवन र यात्रु कक्ष नहुँदा यात्रुलाई सुरक्षा चुनौती तथा उडानमा सकस हुने गरेको पाइएको छ। ताल्चा विमानस्थलमा रहेको टर्मिनल टावर २१ वर्षदेखि काठको टहरोमै छ। विसं २०६० सालदेखि कच्ची धावनमार्गमा काठको टहरोबाटै जहाजको उडान तथा अवतरण शुरु गरिएको भए पनि अहिलेसम्म पनि सुविधायुक्त त परै जाओस् एउटा पक्की टर्मिनल टावर भवन निर्माण भएको छैन। यसबाट विमानस्थल र वायुसेवाका कर्मचारीका साथै यात्रुले समस्या बेहोर्नु परेको छ। टर्मिनल टावर, यात्रु कक्ष नहुँदा यात्रुलाई बस्न र झरीको वेला ओत लाग्नसमेत समस्या हुने गरेको छ। ताल्चा विमानस्थलमा भौतिक संरचना बन्न नसक्दा काठको टहरोबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको छैन। विसं २०७२ मा ५२० मिटर लामो तथा २० मिटर चौडाको धावन मार्ग कालोपत्रे भए पनि अहिलेसम्म त्यसबाहेक अरु कुनै भौतिक संरचना निर्माण हुन सकेको छैन। मुख्य र संवेदनशील टावर टर्मिनल भवन नबन्दा समस्या भएको देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे नेपाल नागरिक उड्डयन प्राधिकरण, काठमाडौंमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल