तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2024-580W5T |
मिति | ३ भाद्र २०८१, सोमवार |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान भवनको निर्माण ०७८ असार ३० गतेबाट सुरु भएको हो । तर अहिलेसम्म उक्त भवनको काम ३० प्रतिशत पनि सम्पन्न भएको छैन । १८ करोड २२ लाख लागत सम्झौता रहेको भवन निर्माणको काम कौशल जगदम्बा सुपरस्टार निर्माण कम्पनीले ०७९ फागुन ३ गतेसम्म सम्पन्न गर्ने भनेर जिम्मेवारी लिएको थियो । उक्त कम्पनीको ठेकेदार हुन् कालिकोटकी तारा शाही । ठेकेदार शाही पछिल्लो समय भवन निर्माणस्थलमै आउन छाडेकी छन् । तर पनि उनले म्याद थप गराइसकिन् । निर्माण सम्पन्नका लागि ०८१ फागुन २९ गतेसम्म म्याद थप गरिएको छ । यिनै ठेकेदार तारा शाहीले लिएका अन्य स्वास्थ्यका संरचनाको काम पनि अलपत्र अवस्थामै छ । उनले अन्य कम्पनीसँग मिलेर जिल्ला अस्पताल दैलेखको भवन निर्माण, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणको काम लिएकोमा ती पनि अलपत्र छन् । आपूर्ति केन्द्र अहिले भाडाको घरमा छ । ०७९ फागुन ३ गते नै आपूर्ति केन्द्रको भवन निर्माण सम्पन्न गर्नुपर्ने हो तर, अहिलेसम्म जम्मा ६० प्रतिशतमात्रै काम भएको छ । ठेकेदार शाहीले ०७८ असोज २४ गतेदेखि निर्माण कार्य सुरु गरेकी थिइन् । तर बिचमा काम नगर्दा भवन निर्माणको काम अधुरै रह्यो । उक्त भवन निर्माणको म्याद पनि ०८१ चैत ३० गतेसम्मका लागि थप गरिएको छ । |
कार्यहरू |
११ भाद्र २०८१, मङ्गलवार
जिल्ला अस्पताल दैलेखको भवन निर्माण कार्य अलपत्र परेको सम्बन्धमा: पत्र प्राप्त भइ व्यहाेरा अवगत भयाे । साे सम्बन्धमा स्वास्थ्य सेवा कार्यालय दैलेखको आब २०७७।०७८ मा प्रदेशको स्वीकृत बार्षिक कार्यक्रम अनुसार स्वास्थ्य सेवा कार्यालय दैलेख र निर्माण व्यवसायीक बिच मिति २०७८।२।१० गते भएको सम्झौता अनुसार सो भवनको मिति २०८१ जेष्ठ मसान्तमा सम्पन्न गर्नु पर्नेमा निर्माण व्यवसायीको विविध कारण दसाई सो सम्पन्न नभएको हुँदा सोको बिस्तृत यसै साथ सलग्न पत्रद्धारा खुलाइ पठाइएकाे व्यहोरा हार्दिक अनुराेध छ ।
स्वास्थ्य सेवा कार्यालय, दैलेख
९ भाद्र २०८१, आइतवार
तँपाइकाे गुनासाे प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, वीरेन्द्रनगर, सुर्खेत, स्वास्थ्य सेवा कार्यालय, दैलेख, प्रदेश आयुर्वेद अस्पताल, कर्णाली प्रदेश, सुर्खेत, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
७ भाद्र २०८१, शुक्रवार
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
५ भाद्र २०८१, बुधवार
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
३ भाद्र २०८१, सोमवार
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|