+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-4K8MLQ
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार महिला,बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित गुनासा
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका वडा नम्बर ७ पुन्म, जाजरकोट बस्ने म लक्ष्मि अधिकारी मेरो श्रीमान् सम्पर्क बिहिन हुँनुभएको ६,७ बर्ष भयो पटक-पटक जिल्ला प्रशासन कार्यालय जाजरकोटमा निवेदन पेश गर्दा पनि केही मतलब नगरेको र बाल बच्चाको र मेरो आफ्नो जिविको पार्जन गर्न पनि असहज भईरहेको हुँदा मेरो श्रीमानलाई सम्पर्कमा ल्याई मैले पाउनु पर्ने न्याय दिलाईदिनु हुन अनुरोध गर्दछु ।
कार्यहरू
तपाईको श्रीमान के कति कारणले र कुन मितिमा सम्पर्क विहिन हुनुभएको हो सो कुराको जानकारी जिल्ला प्रशासन कार्यालय जानकारी गराउनुनै भएको होला । जिलला प्रशासन कार्यालयमा निवेदन पेश गरी सक्नु भएको रहेछ । सम्बन्धित निकायले सो सम्बन्धमा निगरानी तथा खोजि कार्य गर्छनै होला । तपाको श्रीमान सम्पर्कमा आएको खवर छिट्ट्टै सुन्न पाउँ शुभकामना व्यक्त गर्दछु । रह्यो तपाईको जिविको पार्जनमा देखिएको समस्या समधानको लागि स्थानीय विकास निर्मानको योजनामा प्रधानमन्त्री रोजगार कार्यक्रकम तथा हालै विश्व खाद्य कार्यक्रमले संचालन गरेको रोजगार कार्यक्रम लगाएतको रोजगारीको लागि वडा कार्यालयमा सम्पर्क राखी रोजगारी लिनुहुन अनुरोध छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जिल्ला प्रहरी कार्यालय, जाजरकोट, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोट, जिल्ला प्रशासन कार्यालय, जाजरकोट, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल