+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-04SJ5H
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सल्यानमा विद्युतीकरणका लागि बर्सेनि करोडौँ रुपियाँ खर्च भइरहेको भए पनि जिल्लाका २१ हजार ८०४ परिवार अझै पनि अँध्यारोमा बस्न बाध्य छन् । ग्रामीण भेगमा रहेका बस्तीमा विद्युतीकरण गर्न ढिलाइ हुँदा स्थानीयले उज्यालो देख्न पाएका छैनन् । नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार जिल्लाका ६० प्रतिशत घरधुरीमा मात्रै बिजुली पुगेको छ । बाँकी ४० प्रतिशत घरधुरी अँध्यारोमै बस्न बाध्य छन् । केन्द्रका अनुसार जिल्लामा रहेका ५४ हजार ६७२ घरधुरीमध्ये ३२ हजार ८६८ घरधुरीमा मात्रै बिजुली बलेको छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार जिल्लामा २४ हजार ७७५ घरधुरीमा मात्रै बिजुली पुगेको छ । कतै विद्युत्को लाइन नै विस्तार भएको छैन भने लाइन विस्तार भएको ठाउँमा पनि वर्षौंसम्म बत्ती बलेको छैन । अहिले पनि स्थानीय बासिन्दा रातिको समयमा बत्तीका लागि सौर्य टुकी, मटितेलबाट लालटिन, टुकी र सल्लोको झरो बाल्ने गरेका छन् ।
कार्यहरू
तँपाइकाे गुनासाे नेपाल विद्युत प्राधिकरण, वीरेन्द्रनगर,, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल