+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-ZOD8QT
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
सम्वन्धित कागजातहरु 1691979269_image_picker7349397108616076350.jpg
1691979273_image_picker5322837780222180669.jpg
1691979280_image_picker8854267306606586733.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण अहिले बर्षाको समय छ , कर्णाली प्रदेश त्यसैपनि राज्यको दृष्टिबाट पिछडिएको तथा विभिन्न बाधा, व्यवधान समस्या र विपत्तिले भरिएको क्षेत्र हो। कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरको अवस्था बर्षायाममा हेर्दा अचम्म लाग्छ भने अन्य जिल्लाको अवस्था के होला। ढल निर्माण , पुलको अभावले जनतालाई धेरै सास्ती भएको छ । प्रसंग हो विरेन्द्रनगरपालिका वडा नं ८ कालिन्चोक इत्राम खोलामा पुल नबन्दा आवतजावत गर्ने मानिसहरु बर्षौं देखि अर्को बाटो रोज्ने वा केहीलाई त खोला पार गर्दा बग्ने समस्या समेत देखिएको छ। झन बर्षाको समयमा हालत के हुन्छ त्यो तस्वीरले देखाउनेछ। हिजो पनि सो खोलामा बाढि आउंदा खोला तर्न लागेका एक मानिसलाई मोटरसाइकल सहित खोलाले बगायो तर स्थानीयहरुको सहयोगमा उनी सकुशल उद्दार त भए तर अन्य मानिसहरु भयवित बने । प्रदेशको राजधानी , केन्द्रीय सरकारमा पनि राम्रै पहुँच भएको अझ नगरपालिकाको पूरा क्षेत्राधिकार भएको क्षेत्रमा यस्तो समस्या नागरिकले कहिलसम्म बेहोर्नुपर्ने हो? एउटा पुल निर्माण गरेर सर्वसाधारण नागरिकलाई सहज बनाइदिनुपर्यो त्यसका लागि मुख्यमन्त्री कार्यलयले स्थानीय सरकार र सम्बन्धित निकायसमक्ष परामर्श गरि तुरुन्त प्रकिया अगाडि बढाउनको लागि अनुरोध गर्दछु।
कार्यहरू
गुनासो समाधानको लागि पूर्वाधार विकास निर्देशनालयमा पत्राचार गरिएको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल