+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2024-KN7YWU
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण मुगु जिल्लाको एक सामुदायिक विद्यालयका विद्यार्थीको पठनपाठन प्रकृयामा समस्या हुने गरेको छ। प्रारम्भिक बाल बिकास देखि कक्षा ८ सम्म पढाइ हुने छायाँनाथरारा नगरपालिका –६ कार्कीवाडास्थित श्री आधारभूत विद्यालयमा विद्यार्थी संख्याको आधारमा भवन तथा कक्षाकोठा अपुग हुँदा दैनिक पठनपाठनमा समस्या हुने गरेको हो। ०२७ सालमा स्थापित उक्त विद्यालयमा भौतिक पूर्वाधार अभावका कारण विद्यालयमा विद्यार्थीलाई असहज हुने गरेको छ । करिब ४ सय जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा अधिकांश दलित बालबालिका रहेकाे छ । पर्याप्त पानी अभावका कारण बालबालिकालाई शाैच गर्नसमेत समस्या भएको र चर्को घाम हावा हुरी र पानी परेका बेला एउटै कक्षामा धेरै बालबालिकालाई राखेर उकुस मुकुसको वातावरणमा पढाइ गर्नुको बिकल्प नरहेको देखिन्छ । अहिलेको परिवेशमा सुबिधा सम्पन्न ठाउँमा डिजिटल पद्धतिबाट पढाइ भैरहेका बेला मुगुजस्ता दुर्गम जिल्लामा अध्ययनरत विद्यार्थी आवश्यक पूर्वाधार र कक्षाकोठाको अभावमै पठनपाठन गर्नुपर्दा समान शिक्षा लिने अवसरबाट बालबालिका बन्चित हुनुपरेको हो। छायाँनाथ रारा नगरपालिका नजिकै पर्ने पुरानो विद्यालय भएको र विद्यालयको सेवा क्षेत्र पनि ठूलो भएकोले सीमित भवनमा बिद्यार्थीको चाप पनि धेरै छ। कार्कीवाडा, ढुम, सुपाकोट, कालापाल्त, ताल्च, गमगढी बजार, ढुमाललेख लगायतका गाउँहरू विद्यालयको सेवामा रहेको छ।
कार्यहरू
अनुसन्धान गर्दा सो विद्यालयमा ३ वटा भवन मध्ये २ वटा पक्की भवनमा जम्मा ६ वटा कोठा रहेको र एक वटा कच्ची भवन जिर्ण रहेकोले सोही कोठामा कक्षा ८ सम्म कक्षा सञ्चालन गरिरहेको देखीएको छ। हाल सो जिर्ण भवनलाई मर्मत गरि अस्थायी रुपमा पठनपाठन गर्दै आएको, साथै स्थायी रुपमा भवन निर्माण गर्न तथा अन्य समस्याको लागि विभिन्न गैर सरकारी कार्यालय संग समन्वय र सहकार्य भई रहेको भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यस सम्बन्धमा स्थानीय तहसं‌ग समन्वय गरी आवश्यक कार्य गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ मुगुमा अनुरोध गरिएको । शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे छायाँनाथ रारा नगरपालिका, मुगु, शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल