+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2024-H449W8
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्लाको कुनै पनि सरकारी कार्यालय अपाङगत मैत्री नभएपछि सेवाग्राहीलाई सेवा लिन सास्ती हुने गरेको छ। कार्यालय भवन निर्माण गरिदा र भाडामा कार्यालय लिन यसलाई ख्याल नगरिएको कारण अपाङ्ग भएका सेवाग्राहीलाई सेवा लिन असहज भएको हो। जिल्लाका कुनै पनि सरकारी कार्यालयहरु अपाङ्गता मैत्री नभएको कारण सेवा लिन समस्या भएको हो । गाउँपालिकामा एउटा सिफारिस लिनका लागि माथिल्लो तलामा रहेको कार्यालय प्रमुखको कार्य कक्षमा जान भर्याङ चढ्न नसक्ने अवस्था आइपरेको छ। तालिम गोष्ठीमा अपाङ्गता मैत्रीका कुरा उठाए पनि कार्यालयमा अपाङ्ग ब्यक्ति जानका लागि सहज बाताबरण बनाउन नसक्नु आफैमा त्यो कुरामा मात्र सिमित भएको देखिन्छ । सेवाग्राहीलाई सास्ती दिएर प्रदान गरिएको सेवा न्याय संगत नभएको कारण अब प्रत्येक कार्यालयलाई आफु प्रदान गरिने सेवाहरु सेवाग्राहीले सहज रुपमा पाउने ब्यवस्था गर्न सम्बन्धि निकायसँग अनुरोध छ । अपाङ्गा सेवाग्राहीका लागि गाउँगाउँमा पुगेर सेवा दिनु पर्ने बेला कार्यालयमा जाँदा पनि सहज किसिमले सेवा पाउने संरचना निर्माण नगरिनु दुःखको कुरा हो ।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल