+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2024-7B9M4F
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोट भूकम्पबाट भवन भत्किएपछि दार्मा गाउँपालिका–५ मा रहेको सामुदायिक स्वास्थ्य इकाइ केन्द्र आठ महिनादेखि टेण्टबाट सञ्चालित छ । भवन नहुँदा केन्द्रको स्वास्थ्य सेवा प्रभावित भएको छ । भवन पुननिर्माणका लागि तत्काल बजेटको व्यवस्था गर्न नसकेपछि क्षति भएको भवन मर्मत गर्न नसक्दा र स्थानीयको घर भाँडामा लिन नसक्दा सामुदायिक स्वास्थ्य इकाई केन्द्र टेण्टबाटै सञ्चालन हुँदै आएको छ । वर्षाको बेला टेन्टबाट सेवा प्रवाह गर्नुपर्दा स्वास्थ्यकर्मीलाई सेवा दिन कठिनाई भएको छ भने उपचार गर्न गएका बिरामी समेत प्रभावित हुँदै आएका छन् । टेण्टबाट सेवा सञ्चालन गर्नुपर्दा स्वास्थ्यकर्मीलाई औषधि र अन्य स्वास्थ्य उपकरण जोगाउन समेत कठिनाई परिरहेको छ । आठ महिनादेखि टेण्टबाट सेवा प्रवाह गर्नुपर्दा असजिलो भएको देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल