+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2024-4V78WX
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्लाको सर्केगाड गाउँपालिका-१, तुम्चमा रहेको देवल आधारभूत विद्यालय भवन जीर्ण र चर्किएको छ। कक्षाकोठामा डेस्क बेन्च पर्याप्त छैन। जस्तापाताले छाएको छानामुनि विद्यार्थीहरूले ढुंगामा काठको फल्याक बिछ्याएर विद्यार्थीले अध्ययन गर्छन्। कक्षाकोठाको भित्ता जताततै चर्किएको छ। पानी परेको दिन त भित्ताबाट पानी पसेर कक्षाकोठा ताल जस्तै हुने गरेको छ। विद्यालयमा घेरवार नुहुँदा पशु चौपाया कक्षाकोठाभित्र छिर्ने गरेको देखि विद्यालयको हाताभित्रै पशुचौपायाहरूको चरिचरण जस्तै भएको छ। सरकारले सामुदायिक विद्यालयका बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ। तर यस विद्यालयले दैनिक २० रुपैयाँका दरले १५० जना विद्यार्थीले पाउने खाजा रकम शिक्षकलाई तलबमा खर्चिने गरेको छ। विद्यार्थीको नाममा पाउने खाजाको साँढे पाँच लाख बजेटले तीन जना शिक्षक राखिएको छ। विद्यार्थीहरूले सरकारले दिने दिवा खाजा पाएका छैनन्। विद्यालयले दिवा खाजा कटाएर निजी स्रोतका शिक्षक चक्र मल्ल, रूपबहादुर शाही, दीपेन्द्र बमलाई राखेको हो। सरकारले प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीका लागि हुम्लासहित कर्णालीका दुर्गम पाँच जिल्लामा हरेक विद्यार्थीले २० रुपैयाँ खाजाबापत रकम दिन्छ। सरकारले विनियोजन गरेको रकम पालिकामार्फत विद्यालयको खातामा जान्छ। विद्यालयमा शिक्षकहरू नियमित जाँदैनन्। विद्यालयमा प्रधानाध्यापक सहित ६ जना शिक्षक छन्। विद्यार्थीहरू विद्यालय नजाँदा जरिवाना तिर्नुपर्छ। तर शिक्षक गयल हुँदा जरिवाना तिर्नुपर्दैन। विद्यार्थी गयल हुँदा ५० रुपैयाँ तिर्नुपर्ने अवस्था आएको छ ।
कार्यहरू
यस सम्बन्धमा स्थानीय तहसं‌ग समन्वय गरी आवश्यक कार्य गर्नका लागि शिक्षा विकास तथा समन्वय इकाइ हुम्लामा अनुरोध गरिएको । शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सर्केगाड गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल