+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2024-2XE9US
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण २०७९ असोज १९ देखि २६ गतेसम्म परेको अविरल वर्षाले मुगु जिल्लाका चारै स्थानीय तहमा बाढी र पहिरोले घरसहित जग्गाजमिन र आधादर्जन मानिसको पहिरोमै पुरिएर ज्यानसमेत गुमाउनुपर्‍यो। घर पूर्णरूपमा क्षति भएका परिवारलाई राज्यका तीनै तहका सरकारले घर निर्माण गरिदिने भने पनि हालसम्म स्थानीय तहले ती व्यक्तिहरूको घर निर्माणमा चासो नदेखाउँदा तीन वर्षसम्म अर्काको घरगोठमा बास बिताउँदै आएका छन्। २०७९ असोज १९ देखि २६ गतेसम्म परेको अविरल वर्षात्ले जिल्लाका चार स्थानीय तहहरूमध्ये मुगुको छायाँनाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकामा ठूलो क्षति भएको थियो। छायाँनाथ रारा नगरपालिकामा ८ जनाको पहिरोले ज्यानै लियो। सयौ परिवार घरवारविहीन भए पीडितलाई स्थानीय सरकार र केही गैरसरकारी संघसंस्थाले तत्कालका लागि राहत वितरण गरेका भए पनि सम्बन्धित पालिका, प्रदेश र संघीय सरकारको लगानीमा पूर्ण क्षति भएकाहरूलाई घर निर्माण गरिदिने भनिएको भए पनि स्थानीय तहले यो विषयमा चासो नदेखाउँदा पीडितहरू तीन वर्षसम्म अर्काको घरमा बास बस्न बाध्य भएका हुन्। तीन वर्ष अगाडिको वर्षात्ले घर पूर्णरूपले क्षति गरेपछि छिमेकीको घर गोठमा बस्दै आएकी छायाँनाथ रारा नगरपालिका–४ की मृकी भियालको आफैंं घर निर्माण गर्न सक्ने आर्थिक अवस्था छैन। उनीसहित उनको दुई छोरा छिमेकीको घरगोठमा हिउँद र वर्षात् काटेको तीन वर्ष भयो। ‘सरकारले घर निर्माण गरिदने आशा अझै मरेको छैन। तर, कहिले बनाइदिने हो उनलाई केही थाहा छैन। अझै कति अर्काको घर गोठमा बस्ने हो कि बनाइदिन्नौं भन्नुपर्‍यो आशामात्र देखाएका छन् । सोही वडाका रामशरण भामको घर समेत पूर्ण क्षति भएपछि उनी अहिले महिनाको ३ हजार भाडा तिरेर अर्काको घरमा बसेकी छन्। सरकारले छिट्टै घर बनाइदिएको भए आफ्नो घरमा सर्ने थिएँ। घर बनाइदिने भनेको तीन वर्ष भइसक्यो अझै कुनै सुरसार नै छैन।’ एक घरमात्र भएको र त्यो घर असोज १९ देखि २६ गतेसम्मको वर्षात्ले पूर्णरूपले क्षति भएका घरलाई ५ लाख र आंशिक क्षति भएको घरलाई मर्मत गर्न ५० हजार उपलब्ध गर्ने भनिएको भए पनि लामो समयसम्म कुनै पनि घरपरिवारले यो राहत पाउने प्रक्रियासम्बन्धी पालिकाले प्रक्रिया अगाडि बढाउन नसक्दा केही घरपारिवारले ऋण सापटी गरेर घर निर्माण गरिसकेका छन्।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल