+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2024-20Z7PO
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हिमाली जिल्ला डोल्पा सदरमुकाम दुनैमा पिउने पानीको चरम समस्या भएको हुँदा खानेपानी मन्त्रालयको ध्यानाकर्षण गराउनुहुन अनुरोध छ । वर्षायाम सुरु भएसँगै ठूलीभेरी नगरपालिका–३ मा पर्ने दुनैमा पिउने पानीको समस्या भएको हो । यद्यपी यहाँको यो समस्या मौसमी भने होइन । प्रत्येक वर्ष दुनै बजारवासीले पिउने पानीको समस्या भोग्दै आएका छन् । हिउँद र बर्खा दुवै समय बजारवासीलाई पिउने पानीकै पिरलो हुने गर्दछ । प्रत्येक महिनामा कहिलेकाहीँ त एक हप्तासम्म पनि धारामा पानी नआउने गरेको छ । बर्खाको समयमा बाढी र पहिराले कहिलेकाहीँ हप्ता दिनसम्म पनि धारामा पानी नआउने गरेको पाइन्छ । “दुनैमा दिनप्रतिदिन सर्वसाधारणको चाप बडिरहेको छ, वर्षांैदेखि कायमै रहेको पिउने पानीको समस्यामा सुधार हुन सकेको छैन । बर्सेनि पानीको मुहान मर्मतका नाममा दुनै खानेपानी उपभोक्ता समितिमा लाखौँ रकम आउँछ, स्थानीयदेखि सङ्घीय जनप्रतिनिधिको नारा पनि दुनैमा पानीको समस्या समाधान गर्ने हुन्छ तर जीतसँगै सबै वाचा बिलाएर जान्छन् । “तीन दिनअघि मात्र जिल्ला प्रशासन, खानेपानी कार्यालय र जिल्ला समन्वय समितिका प्रमुखलाई समेत पिउने पानीको समस्याबारे ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ भएको छैनन् । स्थानीयले वर्षौंदेखि समस्या भोगिरहेका समस्या समाधान गर्नेतर्फ कसैको ध्यान गएको छैन । दुनैमा पानी नभएपछि जुफालबाट जीपमा पानी मगाएर प्रयोग गर्न बाध्य भएको देखिन्छ । धारामा पानी एक दिन बिराएर आउने र आए पनि पिउनै नमिल्ने धमिलो पानी आउन थालेपछि यहाँका व्यापारीले नेपालगञ्जबाट लाखौँ मूल्य बराबरको बोतलको पानी आयात गर्न थालेका छन् । दुनैमा पिउने पानीका चरम समस्या भएपछि सर्वसाधारण र कर्मचारी बजारको पानी किनेर खान बाध्य भएका छन् । धारामा पानी कहिले आउने र कहिले नआउने भएपछि ५० रुपैयाँसम्म मूल्य तिरेर मिनिरल वाटर किनेर जीवन धान्न बाध्य भएको छ । “धारामा पानी आउँदैन, एक दुई घण्टा आए पनि लेदो र चुनायुक्त पिउन नमिल्ने पानी आउँछ, बर्खा सुरु भएपछि कहिलेकाहीँ त्यहीँ पानी पनि आउँदैन, कतिञ्जेल ५० रुपैयाँ तीरेर बोत्तलको पानी किनेर खाने ?
कार्यहरू
तँपाइकाे गुनासाे जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल