+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2024-0CYSTH
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण चीनको तिब्बतसँग जोडिएको मुगु जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने नाक्चेलाग्ना नाका खुलाउन सरकारी पहल नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ। कोभिड—१९ ले गर्दा चीनसँग जोडिएका १५ जिल्लाका नाकाहरू चीन सरकारले बन्द गराएको थियो। ती नाकाहरूमध्ये परराष्ट्र मन्त्रालयको पहलमा केही समय अगाडि केही जिल्लाका नाकाहरू खुलाइए पनि मुगु जिल्लाको नाक्चेलाग्ना नाकाका बारेमा सरकारी निकायबाट कुनै पहल नहुँदा स्थानीयले सास्ती खेप्नु परेको हो। मुगुम कार्मारोङ गाउँपालिकामा ९ वडा छन्। यी वडामा १ हजार ४ सयभन्दा बढी घरधुरी छन्। यहाँका स्थानीय नाका बन्द हुनुभन्दा पहिले आफूलाई वर्षभरि पुग्ने दैनिक उपभोग्य सामग्रीसहित लत्ता कपडाहरू किनमेल गर्न साउनको दोस्रो देखि अन्तिम सातासम्म तिब्बतको ह्याजिमारा पुग्थे। त्यहाँ लागेको हाटबजारबाट सामान किनेर ल्याउँथे। तर कोभिड सुरु भएपछि यो नाका बन्द भएर सबैभन्दा बढी मुगुम कार्मारोङका स्थानीयवासीले सास्ती खेप्नु परेको छ । स्थानीयले ह्याजिमाराको हाटबजारबाट चाँदी र काठबाट बनेका भाँडाकुडा, मसला, गरगहना, यार्सालगायतका जडीबुटी लिएर चिनियाँ व्यापारीहरूलाई बेचबिखन गरी आम्दानी भएको रकमले घरपरिवारलाई वर्षभरि पुग्ने दैनिक उपभोग्य सामग्री ल्याउँथे। ह्याजिमारामा सबै सामान सस्तो मूल्यमा पाइन्थ्यो। गमगढी बजारमा सामानहरू महँगो छ। नाका खुलाउन स्थानीय प्रशासनदेखि संघीय सांसद सबै लाई अनुरोध गर्दै आए पनि यो विषयमा कसैले सुनुवाइ नगरिदिएको पाइन्छ। अघिल्लो वर्ष नाका खुल्छ भने पनि खुलेन। यो वर्ष पनि खुल्छ भन्नेमा स्थानीय अझै ढुक्क छैनन्। यो वर्ष साउनको १७ गतेबाट नाका खुल्ने जानकारी आए पनि अझै निश्चित भइनसकेको देखिन्छ । यो विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षदेखि मुगुबाट विजयी भएर गएका प्रदेश र संघीय सांसदलाई आफूहरूले फोन गरेर पहल गरिदिन आग्रह गरे पनि कसैले चासो नदेखाएको हो। नाका खुले स्थानीयले संकलन गरेको यार्सालगायत अन्य जडीबुटी बेचेर भएको आम्दानीले वर्षभरि पुग्ने दैनिक उपभोग्य सामग्री किनमेल गर्न पाउने थियो । नाका खुलाउन सरकारले पहल गरिदिए स्थानीयलाई ठूलो राहत हुने थियो ।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला प्रशासन कार्यालय, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल