+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2023-KJ61VP
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बराहताल गाउँपालिकाबाट २०७१ सालमा आएको ठूलो बाढीले विस्तापित भएर सोही गाउँपालिकाको गिरिघाट भन्ने ठाउँमा हामी ११९ घरपरिवार जङ्गल छेउ सडकको किनारमा अस्थायी रुपमा ९ वर्षदेखि बस्दै आएका छौ । उक्त विस्तापित बस्तीमा ८१ घर दलित, २५ घर जनजाती र १३ घर क्षेत्री छन । पिउने पानीको व्यवस्था छैन । गिरिघाट खोलापारी एउटा सानो मुल छ । उकत मुलमा बिहान २ बजे देखि पानी थाप्नेको भिड हुन्छ । हामी बाध्य भएर गिरिघाट खोलाको धमिलो र फोहर पानी पिउन विवस छौ । सरकारले अरु सुबिधा दिन त ९ वर्षसम्म मन्जुर भएन तर पेटभरि पानी पिउन कति समय कुर्नुपर्ने हो । वर्षाको धमिलो पानीले समुदायको मानिस बिरामी हुन थालेका छन् ।
कार्यहरू
बस्ति नै व्यवस्थापन गर्नुपर्ने भएकोले सो को प्रक्रिया अगाडि बढेको जानकारी गराउदछौ । भनी यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे बराहताल गाउँपालिका, सुर्खेत , जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल