+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-ZSWYEX
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्लाको जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको केन्द्र सिमकोटमा खानेपानीको अभाव भएको छ । खानेपानीका धारामा पानी नआएपछि सेवाग्राहीले टाढा टाढाबाट बोकेर ल्याएको पानीबाट प्यास मेट्नु परेको छ । सिमकोट तल्लो बजार क्षेत्रका स्थानीय व्यापारी राजन चन्दले धारामा पानी आउन छोडेको महिना दिन भएको साथै, टाढाको कुवाबाट खानेपानीको व्यवस्था गर्नु परेको छ । तल्लो बजार क्षेत्रका अधिकांश धारामा पानी नआउने र पानी आए पनि डेढ घण्टा मात्र आउने भएकाले लाम लागेर पानी थाप्नु परिरहेको अवस्था छ । पानी थाप्ने पालोको विषयलाई लिएर झैझगडा तथा कुटाकुट समेत भएको थियो । पानी नआएका कारण एकातिर खानेपानीको व्यवस्था गर्न समस्या देखिएको छ भने अर्कोतिर खोलामा गएर कपडा धुनुपर्ने बाध्यता आइलागेको छ । सिमकोट गाउँपालिका वडा नं. ५ का जङ्ग रोकायाले धारामा पानी नआएका कारण ३० वर्षअगाडिको ढुङ्गेधारा प्रयोग गर्नुपर्ने अवस्था आएको हो।
कार्यहरू
तँपाइकाे गुनासाे सिमकोट गाउँपालिका, हुम्ला, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रामाणीरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल