+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-WSUP84
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्लाको सदरमुकाम सिमकोटदेखि उत्तरी हिल्सा नाका आउजाउ गर्न खोलामा निर्माणाधीन पक्की पुल ठेकेदारले अलपत्र पारेपछि सवारी साधन काठे पुलमा गुड्ने गरेका छन्। सात वर्षअघि निर्माण सुरु भएका पुलहरू ठेकेदार कम्पनीहरुले समयमै निर्माण नगरेपछि काठेपुलकै साहारामा गाडी गुड्ने गरेका हुन्। हेप्काखोला, ताग्रुखोला, याङ्गारखोलामा पुल अझै बनेको छैन। सिमकोट गाउँपालिका–७ र नाम्खा गाउँपालिका–१ को सिमाना पर्ने हेप्काखोलामा पक्की पुल निर्माणका लागि एमएस जेबी धुलिखेल जेबी काठमाडौंका प्रोपाइटर तेजबहादुर महतले २०७४ साउन ६ गते दुई वर्षभित्र सक्ने सम्झौता गरेका थिए। नाम्खा गाउँपालिका-१ स्थित ताग्रुखोलाको पक्की पुल निर्माणका लागि उनले सोही दिन सम्झौता गरेका थिए। हिल्सा सिमकोट सडक योजना कार्यालयमा विभिन्न बाहानाबाजी देखाउदैँ चार चार पटकसम्म म्याद थप गरिएको छ। २०७६ माघ १० गते नाम्खा गाउँपालिका-४ स्थित याङ्गारखोलामा पुल निर्माण गर्न धुलिखेल निशान जेबी बानेश्वर काठमाडौंका प्रोप्राइटर अकिल बुढाले ठेक्का लिएका थिए। पुल निर्माणका लागि दुईपटक म्याद थप भइसकेको छ। कहिले हिमपात, कहिले कोरोना महामारी, कहिले सामान ढुवानीका बहाना बनाउँदै काममा ढिलाइ गरेका छन्। पाँच वर्षसम्म पक्की पुल निर्माण नहुँदा सदरमुकाम सिमकोटदेखि उत्तरी हिल्सा नाका आउजाउ गर्न गाडी काठेपुलकै भरमा आउजाउ गर्न गरेका छन्।
कार्यहरू
तँपाइकाे गुनासाे नाम्खा गाउँपालिका, हुम्ला, सिमकोट गाउँपालिका, हुम्लामा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल