+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-N2CMOI
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण हुम्लाको सिमकोटको खार्पुनाथ गाउँपालिका–५ खार्पुदोभान र दोजाम कर्णाली नदीमा बेलिब्रिज (पुल) नबन्दा जिल्ला सदरमुकाम सिमकोट हालसम्म राष्ट्रिय सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भए पनि खार्पुनाथ गाउँपालिकास्थित दोजाम कर्णाली नदीमाथि पुल नहुँदा सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको हो । पुलको जिम्मा लिएको ठेकेदार कम्पनीले एक वर्षदेखि निर्माण गर्न नसक्दा सिमकोटलाई सडक सञ्चालसँग जोडिएको छैन भने उक्त मार्ग भएर यात्रा गर्ने सवारीसाधन र स्थानीयलाई सास्ती हुँदै आएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुलुकको एकमात्र जिल्ला हुम्ला हो । हिउँदयाममा पानी कम हुँदा कर्णाली नदी पार गरेर ट्रयाक्टर, स्काभेटर, डोजर, बोलेरोलगायत सवारी जोखिम मोलेर वारपार गर्छन् भने वर्षायाममा पानीको बहाव बढ्दा बन्द हुने गरेको छ । दोजाम कर्णाली नदीमाथि पुल नबन्दा सडकसँग अझै जोडिन नसकेको स्थानीय पूर्ण भण्डारीले बताए । सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नलाई सम्बन्धित निकाय र ठेकेदार कम्पनीले अग्रसरता देखाउनुपर्ने छ । पक्की पुल निर्माण सुरु भएको एक वर्ष हुँदा पनि निर्माण कम्पनीले ढिला गरेकाले सडकसँग जोडिन नसकेको पाइएको हो । जसके गर्दा कर्णाली करिडोरअन्तर्गत सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने खार्पुदोभानमा पुल नबन्दा यस क्षेत्रका नागरिकले सामान खोला तार्ने काम गरी मनग्य आम्दानी गर्दै आएका छन् । खार्पुनाथ–५ मा पर्ने खार्पु र दोभान कर्णाली नदीमा बेलिब्रिज निर्माण नहुँदा करिडोरको बाटो भएर ढुवानी भएका सामान यहाँ रहेको झोलुङे्ग पुल तार्ने काम गरी यस क्षेत्रका नागरिकले मनग्य आम्दानी गर्दै आएका हुन् । सुर्खेत, नेपालगञ्जबाट मालवाहक ट्रकले झोलुङ्गे पुल खार्पुदोभान पारिपट्टिसम्म विभिन्न विकास निर्माण, दैनिक उपभोग्य सामग्री ल्याउने गरिन्छ । सवारी गुड्ने पक्की बेलिब्रिज नबन्दा छिप्रा, माजा, नल्ला, याङ्चु, खर्पेलगाउँ लगायत आसपासका महिलाले पुलबाट ढुवानी गर्ने काम गरिरहेका छन् ।
कार्यहरू
तँपाइकाे गुनासाे खार्पुनाथ गाउँपालिका, हुम्ला, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल