+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-KTO2HK
मिति
स्थिति दर्ता भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०७२ सालमा प्रधानमन्त्री बन्नासाथ दुई वर्षभित्र तुइन विस्थापन गरिसक्ने घोषणा गरेका थिए । जहाँजहाँ तुइन छन्, ती ठाउँमा झोलुंगे पुल मार्फत तुइन विस्थापन गर्न उनले पहल सुरु गरे । घोषणा गरेको ९ वर्ष बितिसक्दा पनि हुम्लाका जनप्रतिनिधिदेखि स्थानीयवासी जोखिम मोलेर गाउँपालिका केन्द्रसम्म तुइनबाटै आउजाउ गर्न बाध्य छन् । हुम्लाको सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की गाउँबाट पालिका केन्द्र तुइन चढेरै आउजाउ गर्न बाध्य छन् । उनीसँगै वडा नम्बर २ का वडाध्यक्ष सिद्ध कार्की पनि पालिकामा काम विशेषले जानुपरेमा तुइनकै भर पर्ने गरेका छन् । उपाध्यक्ष र वडाध्यक्ष मात्रै होइन, रिप गाउँका ३१९ घरधुरीका स्थानीयबासी तुइनबाटै कर्णाली नदी आउजाउ गर्न बाध्य रहेका छन् । झोलुंगे पुल नहुँदा तुइनबाट तार्ने समयमा घर निर्माणका लागि खरिद गरेर ल्याएको ६ बन्डल जस्तापाता नदीमा खसेर बगाएको छ । कर्णाली नदीमा झोलुंगे पुल नहुँदा गाउँपालिका केन्द्र आउजाउ गर्न निकै समस्या भएको देखिन्छ । पुल निर्माण नहुँदा रिप गाउँका मात्र नभई सर्केगाड गाउँपालिका २ उनापानीका ३६५ घरधुरीका स्थानीयले सास्ती खेप्दै आएका छन् । यसैगरी चंखेली गाउँपालिका केन्द्रमा पर्ने लोती कर्णालीमा पुल नहुँदा चंखेलीवासी तुइनबाट आउजाउ गर्न बाध्य छन् । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माण ढिलाइ भएको छ । बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग डीएफआईडीले मुगु र हुम्ला जोड्ने ६५ किलोमिटर लिंक रोड निर्माण गरेको वर्षांै दिन बितिसक्दासमेत बेलिब्रिज पुल निर्माण कार्यमा ढिलाइ हुँदा तुइनबाट मोटरसाइकल तारेर स्थानीय आउजाउ गर्न बाध्य देखिएका छन् ।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल