+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-I2QGOX
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोटको नलगाड नगरपालिका–१ को चिउरी गाउँको सिंगो बस्तीलाई करिब ११ वर्षअघि स्थानान्तरण गर्ने तयारी भएको थियो। २०६९ सालको वर्षातमा गाउँको दुवै छेउबाट बाढी आयो। केही दिनसम्म निरन्तर परेको पानीले जमिन पनि चिरा पारेको थियो। भूगर्भविद्को अध्ययनले बस्ती बसेको जमिन नै करिब ३ मिटर तल खस्केको देखाएको थियो। त्यसपछिका अरू जोखिमबाट बचाउन बस्ती स्थानान्तरण गर्ने तयारी भएको थियो। अहिलेको छिन्चु–जाजरकोट सडक छेउको भुरचौरमा जग्गा पनि हेरिएको थियो। कतिपय मानिसहरूले सर्न नमानेपछि र राज्यले पनि सक्रियता नबढाएपछि त्यतिबेला बस्ती सरेन। २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पले यही चिउरी बस्तीमा सबैभन्दा धेरै क्षति पुग्यो। बस्तीमा १३ जनाको मृत्यु भएको थियो। धेरैजसो घर तहसनहस भए। त्यहाँको जमिन भूकम्पले फेरि पनि चिरा पारेको छ। गत वर्षको विनाशकारी भूकम्पले समेत थप चिरा पारेको बस्तीमा अब पहिरोको जोखिम थपिएको छ। दुई सय भन्दा बढी घरधुरी भएको बस्तीको तल र माथि ठूला भीर छन्।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल