+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-G516NB
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले कर्मचारी नियुक्ती सरुवा, बढुवामा मात्र होइन आर्थिक कारोबारमा समेत मनपरी गरेको पाइएको हुँदा आवश्यक छानबिनका लागी राष्ट्रिय सतकर्ता केन्द्र पठाइदिनुहुन अनुरोध छ। नगरपालिकाले एक आर्थिक वर्षमा जनप्रतिनिधि र कर्मचारीले गाडी चढेको र गाडीमा इन्धन हालेको मात्र ६१ लाख बढी खर्च गरेको पाइएको हो। नगरपालिको आर्थिक वर्ष २०७९/२०८० को बजेट बाट गाडी भाडामा २६ लाख २६ हजार पाँच सय रुपियाँ र इन्धन खर्च बापत ३४ लाख ८१ हजार २६५ खर्च गरेको देखिन्छ । नगरपालिकाले सञ्चालन गरेका अधिकांश कार्यक्रम नेपालको प्रचलित कानुन विपरित छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (४) नगरपालिकाले स्थानीय यातायात रुट निर्धारण रुट अनुमति खारेजी र भाडादर निर्धारण गर्न सक्ने व्यवस्था छ। नगरपालिकाले सार्वजनिक यातायातका साधन सञ्चालन हुने राजमार्ग क्षेत्रका स्थानमा जान फरक फरक व्यक्तिले फरक भाडा र एक वर्षमा २६ लाख २६ हजार पाँच सय भुक्तानी गरेको पाइएको छ। नगरपालिकाको दुई वटा गाडी २० वटा भन्दा बढी मोटर साइकल हुँदाहुँदै एक वर्षमा २६ लाख बढी भाडा तिर्नु र ३४ लाख ८१ हजार २६५ रुपैयाँको इन्धन खर्च गर्नु सरकारी बजेटको दुरुपयोग गरेको देखिएको हुँदा आवश्यक कायार्थ राष्ट्रिय सतकर्ता केन्द्रको गर्नुहुन अनुरोध छ ।
कार्यहरू
तँपाइकाे गुनासाे रास्कोट नगरपालिका, कालिकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल