+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-CMZJMO
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको चार वडाका १८ बस्तीका बासिन्दा लामो समयदेखि पानीको हाहाकारमा बाँच्न बाध्य छन्। सोरु गाउँपालिका १, २, ३ र ६ नम्बर वडाका १८ बस्तीमा गाउँघर नजिकका मूल सुकेका र सरकारी संयन्त्रबाट दीर्घकालीन पानीका योजनाहरू प्राथमिकतामा नपरेपछि लामो समयदेखि खानेपानीको हाहाकार भोग्नु परेको हो। सोरु गाउँपालिका भित्र ११ वटा वडा छन्। सबैभन्दा बढी १, २, ३ र ६ नम्बर वडाका १८ बस्तीका १ हजार ३ सय ७९ घरधुरीले खानेपानीको समस्या भोग्दै आएका छन्। यहाँका सर्वसाधारणले गाउँमा रहेका पानीको धारामा पानी थाप्न बिहानदेखि बेलुकीसम्मै लाइन लागेर बस्नुपर्छ। २० लिटरको ग्यालेन भर्न २० मिनेट धारामै कुर्न बाध्य यहाँका बासिन्दामा सबैभन्दा बढी महिलाले पानीको समस्या झेल्दै आएका छन्। खानेपानीको समस्याले सरसफाइदेखि समयमै खाना बनाउन नपाउँदा कुनै दिन बालबालिका विद्यालयसमेत जान नपाएका हुन् । बच्चा बोकेर लाइनमा बस्नुपर्ने हुन्छ। घरमा सबैका आ–आफ्ना काम हुन्छन्। पानी थाप्नकै लागि कहिले भनाभन् र झगडासमेत हुन्छ । सबैभन्दा बढी पानीको हाहाकार सोरु गाउँपालिका—३ भिईका आठ बस्ती र वडा नम्बर ६ पालिका केन्द्र रहेको सोरुकोट बन्जाह, पुरुमुरु जिमामा हुन्। ९ किलोमिटर टाढा लिब्र खोलाबाट सोरुकोटमा पानी पु¥याई २६ धारा निर्माण भएका थिए। २६ मध्ये ६, ७ वटा धारा मात्र सञ्चालनमा छन्। पालिका केन्द्र रहेकै स्थानका सर्वसाधारणले पानीको समस्या भोगेका जनप्रतिनिधिहरूले दिनहुँ देखेका हुन्छन्। तर समस्या उस्तै रहेको छ। १८ बस्तीका १ हजार ३ सय ७९ घरधुरीका लागि सोही गाउँपालिका—५ नेहर गाउँको सिमसाबाट २२ किलोमिटर टाढा सोरुकोटमा पानी पुर्‍याउने योजना थियो। जसका लागि आर्थिक वर्ष २०७७।०७८ मा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाले तीन वर्षभित्र १० करोड ८४ लाखमा निर्माण सम्पन्न गर्न भीमेश्वर गाल्वा धुलिखेल जेभीसँग सम्झौता गरेको थियो। हाल निर्माणको कार्य ८० प्रतिशत पूरा भएको छ। डीपीआर निर्माण गर्ने फर्मको कमजोरीका कारण केही बस्तीमा पानी चढ्न नसकी पाइप फुट्न थालेको छ। सम्पन्न भएको कामको रकम सम्बन्धित निकायबाट भुक्तानी नहँुदा पनि काममा ढिलाइ हुन पुगेको हो।
कार्यहरू
प्राप्त गुनासोको सम्बन्धमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लासँग समन्वय गरी आवश्यक कारवाही अगाडि बढाईएको जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सोरु गाउँपालिका, मुगुमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल