+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-93RYUS
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण तत्कालीन रावतकोट, वडालम्जी, भैरीकालिकाथुम, बाँसी र रानीवन गाविसमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले ३७ वर्षअघि सुरु गरिएको दैलेखको गीताचौर–रावतकोट सिँचाइ आयोजना अहिलेसम्म पनि निर्माण हुन सकेको छैन । विसं २०२२ मा ४३५ हेक्टर जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सुरु गरिएको आयोजना सङ्घीय सरकारले बजेट विनियोजन कम गर्ने, उपभोक्ता समितिले श्रमदान नगर्ने, ठेकेदारले काम नगर्ने लगायतका समस्याका कारण हालसम्म पनि निर्माण हुन नसकेको हो । तत्कालीन समयमा निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले काम नगरेका कारण आयोजनाले गति लिन नसकेको हो । निर्माण कम्पनीले बनाएको सिँचाइ कुलोको संरचना भत्किएर पुरानै अवस्थामा आएको छ । निर्माण सम्बद्ध पक्षले सिँचाइका लागि पर्याप्त पानी नभएको, उपभोक्ताको असहयोगलगायतका कारण आयोजनाको निर्माण रोकेको थियो । सुरुका वर्ष पानीको स्रोत नपुग्ने भन्दै सिँचाइ कार्यालयले सवा दुई करोडको काम बिचैमा रद्द गरेको थियो । फेरि तत्कालीन सिँचाइ कार्यालयले २०४७ सालमा पुनः टेन्डर आह्वान गरी काम सुचारु गर्न निर्माण कम्पनीलाई जिम्मा दिएको थियो ।
कार्यहरू
तँपाइकाे गुनासाे भैरवी गाउँपालिका, दैलेख, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल