+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2024-19UD6N
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ लाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण अलपत्रमा परेको छ । देवस्थल चौरजहारी राडीज्युला डोल्पा सडकखण्डअन्तर्गत मध्यपहाडी राजमार्ग नजिकै भेरी नदीमाथि पुर्तिमकाँडा र गरायला जोड्ने पुल निर्माण अलपत्र अवस्थामा छाडिएको हो । पुल निर्माण गर्न सपना शैलुङ जेभी ललितपुर र तत्कालीन मध्यपश्चिमाञ्चल डिभिजन सडक कार्यालय घोराही दाङबीच २०७१ साल मङ्सिर २ गतेमा सम्भौता भएको थियो । सम्झौता भएको दुई वर्षअर्थात् २०७३ पुस १ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । सो अवधिमा पुल निर्माण हुन नसकेपछि दोस्रो पटक २०७७ साल पुस १३ सम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थप गरिएको थियो । तर १० वर्ष बितिसक्दा पनि हालसम्म पुल निर्माणको काम पाँच प्रतिशत मात्र भौतिक प्रगति भएको छ । निर्माणको काम अलपत्र अवस्थामा छाडेपछि निर्माण व्यवसायीलाई लिखित तथा मौखिकरुपमा पटकपटक अनुरोध गर्दा सम्पर्कमा नआएपछि शर्तबमोजिम दायित्व पूरा गर्न नसकेको हुँदा ठेक्का सम्झौता अन्त्य गर्नुपर्ने देखिन्छ ।सार्वजनिक खरिद ऐन, २०६३ को दफा (५९–७) र ठेक्का सम्झौताको आधारमा ठेक्का अन्त्य गर्नुपर्ने देखिएको हो । एक सय ६० मिटर लामो आरसिसी पुल निर्माणका लागि रु १४ करोड ७४ लाखमा सम्झौता भएको थियो । पुल निर्माणको प्रगति पाँच प्रतिशत भए पनि निर्माण व्यवसायीले रु ५५ लाख भुक्तानी लिइसकेको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे सानी भेरी गाउँपालिका, रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल